२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र मौन छ : पूर्व राष्ट्रपति यादव

Logo
प्रकाशित शुक्रबार, आश्विन १४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१४ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए । पूर्व राष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका काकरण प्राकृतिक विपद्हरु दिनप्रतिदित बढिरहेको बताए ।

उनले नेपालमा मात्रै नभइ विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोवल वार्निङको समस्या रहेको बताए । उनले वैज्ञानिकहरुले प्राकृकित श्रोत सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए ।

पूर्व राष्ट्रपति यादवले प्रकृति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढिरहेको उल्लेख गर्दै यस्ता समस्याहरु समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए ।

उनले भने, ‘अहिले क्लाइमेट इमर्जेन्सी छ संसारमा । ग्लोवल वार्निङ भएर हाम्रो हिमालको हिउँ पग्लिरहेको छ । अन्टार्कटिकाको हिउँ पग्लिरहेको छ । साइबेरियामा आगो लागिरहेको छ । वैज्ञानिकहरुले यसबारेमा चेतावनी दिइरहेका छन् । तर अहिलेको संसारका कोही पनि नेतृत्वकर्ताहरुले यसमा चासो दिएका छैनन् । वैज्ञानिकहरु २२ औं शताब्दीमा मानव सभ्यता नै मुस्किलमा पर्ने भनिरहेको छ । प्रकृतिलाई शोषण गरेकै कारण प्राकृतिक विपद्हरु निम्तिरहेका छन् ।’

उनले थपे, ‘हाम्रै हिमालको हिउँ पग्लिरहेको छ । नदीनाला दोहन गरिरहेका छौँ । चुरे क्षेत्र समाप्त भइरहेको छ । तराईको जंगल समाप्त भएको छ । तर लिडरलाई मतलव छैन । चट्टान फोरेर चुनको लोभमा चुनढुंगा निकालेर प्रकृति समाप्त भइरहेको छ । जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेका छन् । २१ औं शताब्दीमा रुस र युक्रेनको युद्धले लाखौं मानिस मरिरेहका छौँ ।’

पूर्व राष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरुको विनाशका कारण कोरोना लगायतका विभिन्न रोगहरु आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताए । उनले महात्मा गान्धीको जीवनि आफैँमा एउटा पुस्तक रहेकोले सबैले गान्धीको जीवनबाट पाठ सिक्न आवश्यक भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]