२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

वृन्दावनमा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता शुरु

Logo
प्रकाशित शनिबार, आश्विन १५, २०७९

न्यूजमधेश डेस्क
रौतहट,१४ असोज । रौतहटको वृन्दावन नगरपालिका वडा नं ३ ईडेन ग्राडेन विश्रामपुरमा नगरस्तरीय मेयर कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बिहिवारदेखि शुरु भएको छ ।

वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा राजदेवी युवा क्लव हर्षाहाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नगर प्रमुख विनोद प्रसाद पटेलले बिहिवार उद्घाटन गरेका छन् ।

आयोजित एक कार्यक्रमका बीच मेयर पटेलले खिलाडीहरुसँग क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गरेसँगै प्रतियोगिता शुरु भएको हो ।

एक महिना अर्थात कार्तिक १२ गतेसम्म चल्ने प्रतियोगिताका विजेतालाई नगद रु ५० हजार र उपविजेता टोलीलाई नगद रु ३० हजार रुपैयाका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक राजदेवी युवा क्लवका अध्यक्ष आशिसराज पटेलले जानकारी दिएका छन् ।

प्रतियोगितामा नगरका वडा नं १ देखी ९ वटै वडाका टोलीहरुबीच प्रतिष्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको उद्घाटन पछि मन्तव्य राख्दै वृन्दावन नगर प्रमुख पटेलले नगरभित्र खेलकुदको विकास गर्ने तथा युवालाई कुलतबाट बचाउन एवं शारीरिक सुगठन बढाउनका लागि सचेत बनाउने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको बताए ।

नगरले शुरु गरेको मेयर कपले युवाहरुलाई सिर्जनशिल बन्न सहयोग पुर्याउने बताउँदै मेयर पटेलले आगामि दिनमा समेत मेयर कपलाई निरन्तरता दिदै जाने प्रतिबद्धता जनाए ।

युवाहरुलाई क्रिकेट खेलतर्फ आकर्षित गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]