१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

जनकपुरको नैना अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु

Logo
प्रकाशित शनिबार, आश्विन १५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ असोज । जनकपुरधामको रामानन्द चोकस्थित नैनी अस्पतालमा डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुने जनकपुरधाम १२ की अन्दाजी ३५ वर्षीय विद्यादेवी मण्डल रहेकी छन् । सुत्केरी व्यथा लागेपछि उनी भदौ २३ गते अस्पताल भर्ना भएकी थिइन् । भदौ २४ गते नर्मल डेलेभरी पश्चात् उनले बच्चा जन्माइन् ।

तर रक्तस्राव नरोकिएको भन्दै अस्पतालले उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्दा करिब २४ घण्टामा २२/२३ पोका रगत चढाइएको परिवारले जनाएको छ । शल्यक्रिया सफल हुन नसकेपछि अस्पतालले अन्यत्र लैजान भनेको परिवारले जनाएको छ ।

त्यहाँ उपचार हुन नसकेपछि उनका श्रीमान् दिलीप मण्डलले काठमाडौं लगेको र भदौ २५ मा उनलाई काठमाडौंस्थित मोडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ पनि विद्यादेवीको स्वास्थ्यमा सुधार आएन ।

मोडिसिटी अस्पतालका डाक्टरले पनि उपचार सम्भव नहुने बताएपछि श्रीमती विद्यादेवीलाई लिएर दिलीप जनकपुरधाम फर्के । आज बिहान पुनः श्रीमतीलाई लिएर दिलीप नैना हस्पिटल पुगे । तर हस्पिटल प्रशासनले भर्ना लिन मानेनन्, करिब २-३ घण्टापछि आज उनको भएको हो।

नवजात शिशु भने जीवित रहेको परिवारले बताएको छ । डाक्टरको लापरबाहीले उनको मृत्यु भएको भन्दै आफन्त र छिमेकी महिलाहरू अस्पतालमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । डाक्टर, नर्स र प्रशासनका कर्मचारीहरू भने सम्पर्कविहीन बनेका छन् ।

हस्पिटलको मुख्यद्वारमा सुरक्षाकर्मीले ताला लगाएर सुरक्षा दिइरहेका छन् । पीडित परिवारले स्थानीयको सहयोगमा न्याय माग्दै जनकपुरको रामानन्द चौकमा सडक नै अवरुद्ध गरेका छन् । अवैध हस्पिटलको बचाउमा प्रशासन लागेको भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]