०७ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

जनकपुरको नैना अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु

Logo
प्रकाशित शनिबार, आश्विन १५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ असोज । जनकपुरधामको रामानन्द चोकस्थित नैनी अस्पतालमा डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुने जनकपुरधाम १२ की अन्दाजी ३५ वर्षीय विद्यादेवी मण्डल रहेकी छन् । सुत्केरी व्यथा लागेपछि उनी भदौ २३ गते अस्पताल भर्ना भएकी थिइन् । भदौ २४ गते नर्मल डेलेभरी पश्चात् उनले बच्चा जन्माइन् ।

तर रक्तस्राव नरोकिएको भन्दै अस्पतालले उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्दा करिब २४ घण्टामा २२/२३ पोका रगत चढाइएको परिवारले जनाएको छ । शल्यक्रिया सफल हुन नसकेपछि अस्पतालले अन्यत्र लैजान भनेको परिवारले जनाएको छ ।

त्यहाँ उपचार हुन नसकेपछि उनका श्रीमान् दिलीप मण्डलले काठमाडौं लगेको र भदौ २५ मा उनलाई काठमाडौंस्थित मोडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ पनि विद्यादेवीको स्वास्थ्यमा सुधार आएन ।

मोडिसिटी अस्पतालका डाक्टरले पनि उपचार सम्भव नहुने बताएपछि श्रीमती विद्यादेवीलाई लिएर दिलीप जनकपुरधाम फर्के । आज बिहान पुनः श्रीमतीलाई लिएर दिलीप नैना हस्पिटल पुगे । तर हस्पिटल प्रशासनले भर्ना लिन मानेनन्, करिब २-३ घण्टापछि आज उनको भएको हो।

नवजात शिशु भने जीवित रहेको परिवारले बताएको छ । डाक्टरको लापरबाहीले उनको मृत्यु भएको भन्दै आफन्त र छिमेकी महिलाहरू अस्पतालमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । डाक्टर, नर्स र प्रशासनका कर्मचारीहरू भने सम्पर्कविहीन बनेका छन् ।

हस्पिटलको मुख्यद्वारमा सुरक्षाकर्मीले ताला लगाएर सुरक्षा दिइरहेका छन् । पीडित परिवारले स्थानीयको सहयोगमा न्याय माग्दै जनकपुरको रामानन्द चौकमा सडक नै अवरुद्ध गरेका छन् । अवैध हस्पिटलको बचाउमा प्रशासन लागेको भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]