१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

बलान बिहुलमा जेष्ठ नागरिकलाई सम्मान

Logo
प्रकाशित शनिबार, आश्विन १५, २०७९

न्यूजमधेश डेस्क
सप्तरी, १५ असोज । सप्तरीको बलान बिहुल गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा पालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।सो अवसरमा जेष्ठ नागरिकहरुलाई खादा अबिर लगाएर सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मजेलाल यादव, मुनिलाल यादव, निर्मल यादव, मुसहरु यादव, गुल्ट साह लगायतका रहेका छन्

उक्त अवसरमा नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा शुभकामना अदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता घर-घरमा पुर्याउने घोषणा गरे । केहि समय भित्र पालिकामा एम्बुलेन्स संचालन हुने बताउदै अध्यक्ष यादवले जेष्ठ नागरिकलाई नि:शुल्क सेवा दिने स्पष्ट गरे । असहायहरुका लागी भारतीय राजदुतावासको सहयोगमा बृद्धा आश्रम बनाउन आफु प्रयासरत रहेको समेत बताए । जनताको सेवामा समर्पित रहेकोले जनताको कामकाजमा कहिकतै समस्या आए आफुलाई तुरुन्तै जानकारी गराउन उनले आग्रह गरे ।

बलान बिहुल गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष राम कुमार यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बौद्धिक समाज जागरण मञ्च मल्हनिया गंगाराम यादव, पुर्व गाबिस अध्यक्ष छत्र नारायण यादव र पुर्व गाबिस उपाध्यक्ष बद्री नारायण यादवको उपस्थिति रहेको थियो ।

त्यसैगरि अतिथिको रुपमा वडा नं. २ को वडा अध्यक्ष इद्रदेव यादव, बौद्धिक समाज जागरण मञ्च मल्हनिया कोषाध्यक्ष दिगम्बर यादव, समाजसेवी गयाप्रसाद साह, जनमत पार्टीको बलान बिहुल संयोजक रामकुमार यादव, लोसपाको नेता दुखी यादव, समाजसेवी अछ्मितलाल चौधरी, रामनगर साना किसानका अध्यक्ष रामचन्द्र यादव, जनमत पार्टीका नेता ईन्द्र देव यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बौद्धिक समाज जागरण मञ्च मल्हनियाको आयोजना तथा बलान बिहुल गाउँपालिकाको सहयोगमा सम्पन्न भएको छ । कार्यक्रमको उदघोषण जिन्सी शाखा प्रमुख सन्तोष कुमार यादवले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]