१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

सर्लाहीका २ पालिकामा बजेट पारित नहुँदा शिक्षकले तलब पाएनन्

Logo
प्रकाशित मंगलबार, आश्विन १८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं, १८ असोज। बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक र कर्मचारीको तलब रोकिएको छ ।

हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार शाहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताए ।

भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उनको भनाइ छ । उनले भने, ‘बहुमत नपुगरे समयमा नगरसभाको बैठक बस्न सकेनौं । बल्ल नगरसभा बसेर बजेट पास गरेका छौं । तिहार अगाडि प्रकृया पुरा गरेर दिन्छौं ।’

विष्णु गाउँपालिकाको पनि अहिलेसम्म गाउँसभा नभएकोले बजेट पास हुन सकेको छैन । जसले गर्दा शिक्षक कर्मचारी तथा वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायतको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

गाउँपालिका प्रमुख जवाहरलाल यादव भने चार चार महिनामा तलब तथा सामाजिक सुरक्षा भत्ता दिन ढिलाइ नभएको बताएका छन् । ‘हामीले विभिन्न कारणले गाउँसभाको बैठक बस्न सकेका छैनौं तर अब दशैं लगत्तै बस्ने तयारी छ’, उनले भने, ‘हाम्रो चौमासिक तलब दिन्छौं त्यसैले ढिला भएको छैन । अर्को तिहार तथा छठ विशेष भएकोले समयमा शिक्षक, कर्मचारीले तलब पाउनुका साथै सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।’

दशैं लगत्तै गाउँसभाको बैठक बसेर शिक्षक, कर्मचारीको तलबका साथै सामाजिक सुरक्षा भत्ता तिहार अगाडी तलब दिइसक्ने दाबी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]