२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सिरहाबाट नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन १८, २०७९

न्यूजमधेश डेस्क
कमला,१८ असोज।मधेश प्रदेशको सिरहा जिल्लाबाट नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेको छ।नेपाली रुपैयाँ ३१ हजार बराबरको नक्कली नोटसहित प्रहरीले उनलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत सितामढी जिल्लाको भासर मछहा ग्रामपञ्चायत–८ भन्सार चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाह छन्।

प्रहरीका अनुसार रेजाउल्लाहले गत शनिबार (असोज १५) गते दिउँसो सिरहाको नरहा गाउँपालिका–५ मा स्थानीय कृपाल यादवले सञ्चालन गरेको किशोरी ट्रेडर्स किसाना पसलमा १ बट्टा पाइलट चुरोट खरिद गरेका थिए। चुरोटको भुक्तानी गर्दा रेजाउल्लाहले दिएको १००० रुपैयाँको नोट शंकास्पद लागेपछि पसल सञ्चालक यादवले प्रहरीलाई जानकारी दिएका थिए।

यादवले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरी टोलीले रेजाउल्लाहलाई नियन्त्रणमा लिएको हो।प्रहरीले उनको साथबाट १ हजार दरका ३१ थान नक्कली नोटसहित चाँदीको सिक्री, चाँदीको औंठी, चाँदीको ब्रासलेट लगायत सामग्री बरामद गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]