२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ बस्दै

Logo
प्रकाशित मंगलबार, आश्विन १८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं, १८ असोज । सिट बाँडफाँटको सकस व्यहोरिरहेको सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ। मंगलबारको बैठकलाई ‘निर्णायक बैठक’ भनिएको छ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार मंगलबारको बैठकबाट सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी छ।

सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो। तर, मंगलबार ठोस सहमति जुटाउने गठबन्धन आवद्ध दलहरूको तयारी छ। जसका लागि अहिले दलहरू आन्तरिक तयारीमा छन्। त्यसपछि बिहान ११ बजेका लागि गठबन्धनको बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

सिट बाँडफाँटका लागि सत्तारूढ गठबन्धनले गत साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएपनि अहिलेसम्म टुंगो लागेको छैन।

यद्यपि, धेरै स्थानमा सहमति जुटिसकेको नेताहरूको दाबी छ। हाल केही स्थानमा मात्र दुई पक्षीय र त्रिपक्षीय दाबी रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]