२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

दशैं विदामा सर्वोच्च अदालतमा एउटा मात्रै रिट

Logo
प्रकाशित मंगलबार, आश्विन १८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१८ असोज । दशैंविदाको सात दिनको अवधिमा सर्वोच्च अदालतमा एउटा मात्रै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएर टुंगिएको छ ।

घटस्थापनादेखि नियमित कामकाज बन्द गर्ने सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्रै सुनुवाई गथ्र्यो । अघिल्ला वर्षहरुमा दैनिकजस्तो निवेदन दर्ता हुने गरेकोमा यसपटक भने एउटामात्रै निवेदन दर्ता भएर पर्सीपल्ट खारेज भएको हो ।

कोही व्यक्ति गैरकानूनी थुनामा परेमा उनलाई थुनामुक्त गर्न आदेशको माग राखी दिइने निवेदनलाई बन्दीप्रत्यक्षीकरणको निवेदन भनिन्छ ।

दशैंविदाको भोलिपल्ट जिल्ला प्रहरी परिसर टेकुमा थुनामा रहेका योगेन्द्र तामाङकी श्रीमती सुनाम तामाङले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन् । उनको निवेदन दुई दिनपछि खारेज भएको हो ।

विदा शुरु भएयता तामाङकै मुद्दा सुनुवाईका लागि सर्वोच्च अदालतमा दुई पटक एकल इजलास बसेको थियो । त्यसयता कुनै निवेदन दर्ता भएको छैन भने इजलास समेत बसेको छैन । लगातार तीन दिनभन्दा बढी समय सर्वोच्च अदालत बन्द भएमा बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाईका लागि संयन्त्र खडा गर्नुपर्ने नियम छ ।

हरेक वर्ष सर्वोच्च अदालतले दशैं विदाका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाईका लागि आंशिक रुपमा प्रशासन खुला राख्छ भने हरेक दिन एकजना न्यायाधीशलाई पालो तोकेको हुन्छ । सर्वोच्च अदालत कोजाग्रत पूर्णिमाको भोलीपल्ट मात्रै नियमित रुपमा खुल्नेछ । आगामी २४ गते अदालत खुल्ने दिन कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको नेतृत्व सम्हाल्नेछन् । ६५ वर्षे उमेरहदका कारण कामू प्रधानन्यायाधीश रहेका बरिष्ठतम न्यायाधीश दिपककुमार कार्कीले दशैंविदाको विचमा अवकाश पाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]