११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

धनुषाका चारै सिटमा यसरी हुँदैछ एमाले–जसपा सहमति

Logo
प्रकाशित शुक्रबार, आश्विन २१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ असोज।धनुषामा नेकपा एमालेले प्रतिनिधि सभामा ३ सिट तथा जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट पाउने सहमति गरेका छन् ।

बिहीवार एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलबीच भएको बैठकमा धनुषाका विषयमा सहमति भएको एमालेका एक नेताले जानकारी दिएका छन् ।

धनुषा–२, धनुषा–३ र धनुषा–४ एमालेले पाउने भएको छ भने धनुषा–१ जसपाले पाउने भएको हो ।

धनुषा–२ मा एमालेका उमाशंकर अरगरिया, धनुषा–३ मा एमालेकी जुली महतो र धनुषा–४ मा एमालेका रघुवीर महासेठले पाउनेछन् । त्यसैगरी धनुषा–१ मा जसपाका दीपक कार्कीले टिकट पाउने भएका छन् ।

प्रदेश सभामा रहेको कूल ८ सिटमध्ये ४ सिट एमाले र ४ सिट जसपाले पाउने सहमति भएको छ । प्रदेश सभामा एमालेले धनुषा–१(१), धनुषा–१(२), धनुषा–३(२), धनुषा ४(२) पाउने भएको छ ।

जसपाले धनुषा–२(१), धनुषा–२(२), धनुषा–३(१) र धनुषा–४(१) पाउने भएको छ ।

एमाले परित्याग गरी जसपा प्रवेश गरेका गंगाराम यादवले प्रतिनिधिसभाको टिकट नपाउने भएका छन् ।- लोकान्तर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]