१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

पूर्वमन्त्री झाले पाएनन् टिकट

Logo
प्रकाशित शनिबार, आश्विन २२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ असोज। नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा टिकटबाट बञ्चित भएका छन् ।

धनुषा क्षेत्र नम्वर २ बाट उम्मेदवार बन्ने आकांक्षा झाले राखेका थिए । पार्टीबाट सर्वसम्मत उम्मेदवार सिफारिस पनि भएका झा अन्ततः टिकटबाट बञ्चित भएका हुन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँडमा धनुषा क्षेत्र नम्वर २ नेपाली कांग्रेसको भागमा परेको छ । का‌ंग्रेसबाट पूर्वमन्त्री रामकृष्ण यादव टिकट पाउने लगभग निश्चित छ ।

झा केहिदिन अगाडी मात्र नेकपा माओवादी केन्द्र परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । लामो समय एमालेमा विताएका झा माओवादी र नयाँ शक्ति हुँदै पुनः माओवादीमै फर्केका थिए । तर पछि पुनः माओवादी छाडेर एकिकृत समाजवादीमा पुगे ।

एमालेबाट ०५१ को संसदीय निर्वाचन र ०६४ को संविधानसभा सदस्यमा झा निर्वाचित भएका थिए । संविधानसभा सदस्य रहेका बेला उनी माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]