१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

निर्वाचनबाट जनमत हासिल गर्ने डा.राउतको दाबी

Logo
प्रकाशित आइतबार, आश्विन २३, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२३ असोज। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचनबाट जनमत हासिल गर्ने दावी गरेका छन् । सप्तरीको राजविराजमा आइतवार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘भ्रष्टाचारलाई विरोध गर्ने एक मात्र पार्टी जनमत हो, अख्तियारको कार्यालय घेराउदेखि भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ भनेर विरोध गर्ने पनि हामी नै हो’ उनले भने, ‘त्यसैले हामी भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भने दिशामा अघि बढेका छौं ।’

सुशासन कायम हुनुपर्छ भनेर अघि बढेकाले जनता विश्वास गरेर मत दिने कुरा ढुक्क रहेको अध्यक्ष राउतको कथन छ ।अध्यक्ष राउतले सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]