२० मंसिर २०८०, बुधबार
06-12-2023 , Wed
×

निर्वाचनबाट जनमत हासिल गर्ने डा.राउतको दाबी

Logo
प्रकाशित आइतबार, आश्विन २३, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२३ असोज। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचनबाट जनमत हासिल गर्ने दावी गरेका छन् । सप्तरीको राजविराजमा आइतवार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘भ्रष्टाचारलाई विरोध गर्ने एक मात्र पार्टी जनमत हो, अख्तियारको कार्यालय घेराउदेखि भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ भनेर विरोध गर्ने पनि हामी नै हो’ उनले भने, ‘त्यसैले हामी भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भने दिशामा अघि बढेका छौं ।’

सुशासन कायम हुनुपर्छ भनेर अघि बढेकाले जनता विश्वास गरेर मत दिने कुरा ढुक्क रहेको अध्यक्ष राउतको कथन छ ।अध्यक्ष राउतले सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषामा वडा अधिवेशन गर्नको लागि ४० जना पर्यवेक्षक खटाएको छ। बुधबार जनमत पार्टी धनुषाको अधिवेशन तयारी समितिको बैठकबाट पार्टीका ४० जना नेताकार्यकर्ताहरुलाई वडा अधिवेशन सम्पन्न गराउनको लागि पर्यवेक्षकमा खटाएको हो। पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पर्यवेक्षकहरुको सक्रिय सहभागितामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास राख्दै उनले पर्यवेक्षकहरुलाई […]

जनकपुरधाम ।नेकपा माओवादी केन्द्रका नेता दानी यादवले जनमत पार्टीमा प्रवेश गरेका छन । बुधबार नेकपा माओवादी केन्द्रका नेता यादवले पार्टी परित्याग गर्दै जनमत पार्टी प्रवेश गरेका छ्न। नेता यादवलाई जनमत पार्टीका प्रदेश सदस्य राम पुकार यादवले पार्टीमा स्वागत गरेको हो।नेता यादवले जनमत पार्टीको सदस्यतासमेत लिएको हो। सहिद नगर नगरपालिका-१ बलाबाखर निवासी रहेको विद्यार्थी जनमत संघका […]

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भिसी) बन्न दौडधूप गरिरहेका सदस्यहरु विगतमा स्वास्थ्य क्षेत्रमा बदमासीमा मुछिएका पात्रहरु भएको पाइएको छ । उपकुलपति डा. नवलकिशोर साहको मृत्युपछि मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले असोज १८ गते उपकुलपति नियुक्तिका लागि गरेको विज्ञापनअनुसार उम्मेदवार बनेकाहरु विगतमा दोषी ठहरिएका व्यक्तिहरु भएको पाइएको हो । १५ दिनको म्याद राखेर गरिएको […]