१३ कार्तिक २०८२, बिहिबार
30-10-2025 , Thu
×

धनुषामा प्रतिनिधिसभाका लागि उमाशंकरसहित १० पूर्वमन्त्री प्रतिस्पर्धामा

Logo
प्रकाशित सोमबार, आश्विन २४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

धनुषामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने नेताहरूमा १० जना पूर्वमन्त्री नै रहेका छन् । धनुषा १ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराए ।

यस्तै धनुषा २ मा तीन पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रबाट एमालेका उमाशङ्कर अरगरिया, पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले उम्मेदवारी दर्ता गराए । तीनै जना पूर्वमन्त्री हुन् ।

धनुषा निर्वाचन क्षेत्र नं ३ मा एमाले नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराइन् भने सत्तारूढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गराए । उनीहरु दुवै पूर्वमन्त्री हुन् ।

त्यसैगरी धनुषा ४ मा एमालेका सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वमन्त्री यादव र एमालेबाट पूर्वमन्त्री महासेठले धनुषा ४ मा उम्मेदवारी दर्ता गराए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]