२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

अरगरियालाई जिताउन नेकपा एसका दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरे

Logo
प्रकाशित सोमबार, आश्विन २४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ असोज । नेकपा एमालेबाट धनुषा क्षेत्र नम्वर २ मा उम्मेदवार बनेका पूर्वमन्त्री उमाशंकर अरगरियाप्रति जनतामा क्रेज बढ्दै गएको छ ।

०७४ मा भारी मतले विजयी भएका अरगरियाको पक्षमा यो पटक पनि जनलहर बढ्दै गएको छ । उनको उम्मेदवारी दर्ता गराउन हजारौं जनता उर्लिका थिए । अन्य पार्टीका नेता कार्यकर्ता पनि अरगरियालाई जिताउन कम्मर कसेको स्थानीय बताउँछन् ।

अरगरिया पुनः चुनाव जित्नुपर्छ भन्दै नेकपा एकिकृत समाजवादीका दर्जनौं कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन् । कमला नगरपालिका ४ का समारोहबीच एकिकृत समाजवादीका नेता कार्यकर्ताहरु उम्मेदवार अरगरिया र प्रदेशसभा सदस्य उम्मेदवार लखन दासको हातबाट टिका थापेर एमालेमा प्रवेश गरे ।

नवप्रवेशी राजलाल यादव, विनोद यादव, कुलदेव यादव, बलराम यादव, उदय यादवलगायतलाई उम्मेदवारद्वय अरगरिया र दासले स्वागत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]