३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

अरगरियालाई जिताउन नेकपा एसका दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरे

Logo
प्रकाशित सोमबार, आश्विन २४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ असोज । नेकपा एमालेबाट धनुषा क्षेत्र नम्वर २ मा उम्मेदवार बनेका पूर्वमन्त्री उमाशंकर अरगरियाप्रति जनतामा क्रेज बढ्दै गएको छ ।

०७४ मा भारी मतले विजयी भएका अरगरियाको पक्षमा यो पटक पनि जनलहर बढ्दै गएको छ । उनको उम्मेदवारी दर्ता गराउन हजारौं जनता उर्लिका थिए । अन्य पार्टीका नेता कार्यकर्ता पनि अरगरियालाई जिताउन कम्मर कसेको स्थानीय बताउँछन् ।

अरगरिया पुनः चुनाव जित्नुपर्छ भन्दै नेकपा एकिकृत समाजवादीका दर्जनौं कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन् । कमला नगरपालिका ४ का समारोहबीच एकिकृत समाजवादीका नेता कार्यकर्ताहरु उम्मेदवार अरगरिया र प्रदेशसभा सदस्य उम्मेदवार लखन दासको हातबाट टिका थापेर एमालेमा प्रवेश गरे ।

नवप्रवेशी राजलाल यादव, विनोद यादव, कुलदेव यादव, बलराम यादव, उदय यादवलगायतलाई उम्मेदवारद्वय अरगरिया र दासले स्वागत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]