०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

अनुमति नलिई ड्रोन नउडाउन गृहको चेतावनी

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ असोज। गृह मन्त्रालयले अनुमति नलिई ड्रोन नउडाउन चेतावनी जारी गरेको छ । पछिल्लो समय व्यक्ति तथा संस्थाले अनुमति नलिई अनधिकृत रुपमा ड्रोन उडाएको भन्दै गृहले यस्तो चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार २ केजीसम्मका ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय र सो भन्दा माथिको ड्रोन उडाउन गृह मन्त्रालयबाट अनुमति लिनु पर्छ ।

ड्रोनको दर्ता भने नेपाल नागरिक उड्डयन प्राधिकरणमा गर्नुपर्छ । मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि २०७५ ले गरेको प्रावधानविरुद्ध यसरी ड्रोन उडाएमा कारबाही हुने समेत गृहले सूचित गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]