१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

रेशम चौधरी र लक्ष्मण थारू दुवैको उम्मेदवारी खारेज

Logo
प्रकाशित बुधबार, आश्विन २६, २०७९

न्यूजमधेश डेस्क
बर्दिया,२६ असोज। बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी पनि निर्वाचन कार्यालयले खारेज गरिदिएको छ।

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीविरूद्ध परेको उजुरीका आधारमा मंगलबार उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरिदिएको हो।

‘रेशम चौधरीको उम्मेदवारी खारेज भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय, बर्दियाका डिएसपी तथा सूचना अधिकारी प्रकाश सापकोटाले सेतोपाटीसँग भने, ‘निर्वाचन अधिकृतको कार्यालयले यसबारे सूचना टाँस पनि गरिसकेको छ।’

उनको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले पनि पुष्टि गरे।

यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण थारूको पनि उम्मेदवारी खारेज भइसकेको छ।

रेशम चौधरीले स्थापना गरेको पार्टीबाट लक्ष्मणले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका थिए। उनीविरूद्ध सोमबार धनगढी–१५ का रामबहादुर सिंहले निर्वाचन कार्यालयमा उजुरी दिएका थिए। कर्तव्य ज्यान मुद्दामा दोषी ठर्‍याइ सजाय गरी निज फरार रहेको व्यहोरा उजुरीमा उल्लेख थियो।

उजुरी उपर मंगलबार दुवै पक्षका सबुत प्रमाण मागेर सोका आधारमा उनीहरूलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेज हुने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

रेशम चौधरी २०७४ जनता समाजवादी पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

पछिल्लो समय कारगारमै रहेपनि आफू संरक्षक र श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहने गरी नागरिक उन्मुक्ति पार्टी खोलेका थिए।

रञ्जिता हाल कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लड्न लागेकी छन्। चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताइरहेका छन्। उनको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]