२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

जनमत पार्टीका उम्मेदवारलाई सहयोग नगर्नेमाथी कारबाही हुने : डा.सीके राउत

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ असोज।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई सहयोग नगरी अरु उम्मेदवारहरुलाई सघाउनेहरुमाथी कडा निगरानी र कारबाही हुने जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बताए।

अध्यक्ष डा.राउतले आज एक प्रसे विज्ञप्ति निकाल्दै उनले जनमत पार्टीका उम्मेदबारलाई सहयोग नगरी अरू उम्मेदबारहरूलाई सघाउनेहरूमाथि कडा निगरानी र कारबाही हुने जानकारी दिएको छ।

जनमत पार्टीले ऐतिहासिक रूपमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिइराखेको छ। समग्र पार्टीका लाखौं कार्यकर्ताहरूको मात्रै होइन, देश-विदेशमा रहेका करौड़ौं जनताको आशा र सपना बोक्दै जनमत पार्टी सशक्त तरीकाले देशभरि नै आफ्ना उम्मेदबारहरू उठाएको अध्यक्ष डा.राउतले विज्ञप्तिमा लेखिएको छ।

जनमत पार्टीका उम्मेदबारहरूलाई हरेक ढंगले सहयोग गरी सक्रिय रूपमा दिनरात खटेर जिताउनु आज जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको जिम्मेबारी बनेको उनले बताए।

उनले तैपनि पार्टीको नीति र निर्देशन विरूद्ध गई कसैले पद वा जिम्मेबारीमा बसेर निष्क्रिय भइदिएमा, यस्तो महत्त्वपूर्ण‍ घड़ीमा काम गर्नुभन्दा अनावश्यक बखेडा र झैंझगड़ा निकालेमा, दुष्प्रचार गरेमा, आफ्नो पार्टीका उम्मेदबारहरूलाई सहयोग नगरी अरू उम्मेदबारहरूको प्रचारप्रसार गरेमा वा अरू उम्मेदबारहरूलाई सघाउने काम गरेमा त्यस्ता सदस्यहरूमाथि साधारण सदस्यता समेत खारिज हुने गरी कडा कारबाही गरिने भनेको छ।

अध्यक्ष .राउतले यस्ता गतिविधिहरूमा कडा निगरानी गर्न र केन्द्रीय सचिवालयलाई सूचना उपलब्ध गराउन केन्द्रिय समितिदेखि बूथ समितिका सबै पदाधिकारीहरू तथा समस्त नेता कार्यकर्ताहरूमा अनुरोधसमेत गरेका हुन।

यस ऐतिहासिक र संवेदनशील घडीमा हामी सबैसँग सहयोगको अपेक्षा राखेको भन्दै अध्यक्ष डा.राउतले जनमत पार्टीको जीत नै हाम्रो जीत भएको हुनाले सो जीत सुनिश्चित् गर्न आ-आफ्नो निर्वाचन क्षेत्रमा कुनै बहाना ननिकाली सम्पूर्ण शक्ति लगाएर काम गर्नुहुन हामी सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूसँग हार्दिक अनुरोध गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]