१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्नेको सदस्यता खारेज गर्ने सीके राउतको चेतावनी

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने आफ्ना नेता कार्यकर्ताको सदस्यता नै खारेज गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष डा. राउतले आज विज्ञप्ती जारी गरेर आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरी अरू उम्मेदबारहरूलाई सघाउनेहरूमाथि कारबाही हुने चेतावनी दिएका हुन् ।

जनमत पार्टीका उम्मेदबारहरूलाई हरेक ढंगले सहयोग गरी सक्रिय रूपमा दिनरात खटेर जिताउनु आज जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको जिम्मेवारी बनेको डा। राउतले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘पार्टीको नीति र निर्देशन विरूद्ध गई कसैले पद वा जिम्मेवारीमा बसेर निष्क्रिय भइदिएमा यस्तो महत्त्वपूर्ण घडीमा काम गर्नुभन्दा अनावश्यक बखेडा र झैँझगड़ा निकालेमा, दुष्प्रचार गरेमा, आफ्नो पार्टीका उम्मेदवारहरूलाई सहयोग नगरी अरू उम्मेदवारहरूको प्रचारप्रसार गरेमा वा अरू उम्मेदवारहरूलाई सघाउने काम गरेमा त्यस्ता सदस्यहरूमाथि साधारण सदस्यता समेत खारिज हुने गरी कडा कारवाही गरिनेछ ।’

पार्टी उम्मेदवारका विरुद्धको गतिविधिहरूमा कडा निगरानी गर्न र केन्द्रीय सचिवालयलाई सूचना उपलब्ध गराउन केन्द्रिय समितिदेखि बूथ समितिका सबै पदाधिकारीहरू तथा नेता कार्यकर्ताहरूमा डा. राउतले अनुरोध समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]