२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

प्रभु साहलाई सघाउन माओवादी केन्द्रले आफ्ना उम्मेदवार फिर्ता बाेलाउने गरे निर्णय

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२७ असोज।माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो ।

आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट-३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो ।

यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]