०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

ईन्जिनियर साह र युवा चिकित्सक झाको उम्मेदवारीले क्षेत्रवासी खुशी

Logo
प्रकाशित शुक्रबार, आश्विन २८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, २८ असोज । धनुषा निर्वाचन क्षेत्र नं.३ का जनतालाई सेवा गर्नको लागि ईन्जिनियर शम्भुनाथ साह र युवा चिकित्सक प्रसन्न कुमार झाको उम्मेदवारीले दर्ता गराएपछी क्षेत्रबासी खुशी भएका छ्न।

प्रसिद्ध छाला तथा यौन एवम् सौन्दर्य विशेषज्ञ युवा डाक्टर प्रसन्न कुमार झाले धनुषाको ३ को “क” बाट उम्मेदवारी दर्ता गराएसँगै सो क्षेत्रका वासिन्दाहरु खुशी भएका छन् ।

चिकित्सा पेशाबाट सिधै राजनीतिमा हाम फालेका डा. झाको उम्मेदवारीसँगै सो क्षेत्रका जनताले आफ्नो क्षेत्रको विकास हुने विश्वास लिएका छन् ।

डा.झाले प्रदेश सभामा जनमत पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । झाको परिवार नै धनुषाको विकासको लागि सक्रिय छ । युवा अवस्थामै राजनीतिमा आउनुको कारण यसअघि जितेका जनप्रतिनिधिहरुले सो क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको सुनाए ।

उनले आफू कुराभन्दापनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाए ।

विभिन्न विकसित देशको भ्रमण गरिसकेका झाले सो क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा काम गर्ने बताएका छन् । उनको चुनावी घरदैलोमा जनताको उत्साहजनक सहभागिता देखिएको छ ।

सोही क्षेत्रको प्रतिनिधि सभा सदस्यको लागि ई.शम्भुनाथ साहले जनमत पार्टीबाटै उम्मेदवार दिएका हुन।ईन्जिनियर र डाक्टर एक पटक दुबै जनाले एउटै जनमतबाट चुनावी मैदानमा उत्रिएका छ्न।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईन्जिनियर साहले आफुहरुसंग यसक्षेत्रलाई विकास गर्ने खाका रहेकोले जनताले बुझिरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]