३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

धनुषा -३ का गाउँ गाउँमा घरदैलो गर्दै प्रतिनिधि सभाको उम्मेदवार ई.शम्भुनाथ साह

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० असोज।अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनका लागि जकपुरधाममा जनमत पार्टीका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छ्न।

राजनीतिक दल र स्वतन्त्ररुपमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित नेताकार्यकर्ताहरु लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं.३ मा जनमत पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका ई.शम्भुनाथ साह र प्रदेश सभा (क) का उम्मेदवार डा.प्रसन्न कुमार झा र प्रदेश सभा (ख) सदस्य पदको उम्मेदवार रामबाबु साह ( कलवार)ले पार्टीका नेताकार्यकर्तासहित घरदैलो अभियान सुरु गरिसकेको जनमत पार्टीका नेता सुरेश साहले जानकारी दिएको छ।

नेता साहको अनुसार धनुषा निर्वाचन क्षेत्र नं.३ अन्तर्गत रहेका नगरराइन बजार,देपुरा रुपिठा,बसहियालगाइतका गाउँहरुमा घर्दैलो कार्यक्रम सम्पन्न भएको छ।घर्दैलोको क्रममा जनताले जनमत पार्टीका उम्मेदवारहरुलाई जिताउन उत्साहित रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]