२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

उपेन्द्र यादवमाथि भारी पर्दै सीके राउत

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९

प्रभात सिंह
सप्तरी ,१ कार्तिक ।सप्तरीको निर्वाचन क्षेत्र नम्बर– २ मा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच रोचक प्रतिस्पर्धा हुने भएको छ ।

यादव र राउतले सप्तरीको एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । जसपा यादव यसअघि सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।

यसपटक यादवले भने नेकपा एमालेसँग तालमेल गरी चूनावमा जाने हुनुभएको छ । तर, गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग तालेमल गरेका यादवका लागि सप्तरीमा चुनाव जित्न चूनौतिपूर्ण देखिएको छ ।

स्थानीय तहको मतलाई आधार मान्ने हो भने यादव उठेको सप्तरी २ मा जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धनको मत बढी छ । एक्ला–एक्लै दलका रुपमा हेर्दा उक्त क्षेत्रमा जसपा ठूलो दलका रुपमा देखिन्छ । तर दुवैतर्फको गठबन्धनको मत हेर्दा भने यादवलाई निकै कम मत आउने सम्भावना देखिन्छ ।

जसपा र एमालेको गठबन्धनभन्दा सत्ता गठबन्धन उक्त क्षेत्रमा धेरै मतले अगाडि देखिन्छ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रहेका छन्।

स्थानीय तहमा मत नआए पनि राउतको आफ्नो छुट्टै छवि भएका कारण यसपटक मत बढ्न सक्ने अनुमान भने गरिएको छ।सप्तरी–२ का मतदाताले उपेन्द्र यादवको विकल्पका रूपमा सिके राउत पाएका छन् । पहिलो पटक चुनाव लड्न लागेका राउतले बनाएको बुद्धिजीवीको पहिचानले भने यादवलाई सकस पार्ने देखिन्छ । त्यस्तै यादवबाट त्यस क्षेत्रका मतदाताहरु रुष्ट बनेका छन् भने मतदाताको झुकाव भने राउततिर देखिएकोे छ ।

त्यस्तै यो निर्वाचन क्षेत्र लोसपाबाट यसपटक उम्मेदवार बनेका जयप्रकाश ठाकुरको प्रभाव क्षेत्र हो। २०७४ को निर्वाचनमा राजपाले टिकट नदिँदा स्वतन्त्र उठेरै ठाकुरले ९ हजार मत कटाएका थिए। ठाकुरलाई यसपटक गठबन्धनको साथ छ ।

त्यसैले यादवका लागि ठाकुरसँगको प्रतिस्पर्धा सहज हुने छैन । ०६४ सालयता सो क्षेत्रबाट कुनै पनि उम्मेदवारले दोहो¥याएर निर्वाचन नजितेका कारण यादवका लागि चुनौती धेरै देखिन्छन् । दोहो¥याए निर्वाचन उठेका उपेन्द्रका लागि भने सप्तरी–२ का मतदाताले मत देलान्रनदेलान् त्यो भने हेर्न बाँकी छ ।

को हुन् राउत?

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किनु भएको हो । युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उहाँ विभूषित हुनु भएको थियो ।

उहाँ अमेरिकामा दर्ता भएको तथा मधेशी हक–हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गर्नुभएका उहाँ आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँड्नुभयो । त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा उहाँ जापान जानुभयो ।

जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्कनु भएका राउतसँग कहाँ जाने कुनै योजना थिएन । भगवान खोज्ने भन्दै भारतको कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म उहाँ पुग्नुभयो । आत्मकथा बैरागदेखि बचाउसम्ममा उहाँले ब्रह्मज्ञान भेट्टाएको बताउनु भएको छ ।

एक महिनापछि उहाँ फेरि जापान फर्किनुभयो । जापानमा अध्ययनको अन्त्यतिर उहाँ बिरामी हुनुभयो । अस्पतालमै उहाँले आफ्नो थेसिस लेख्नुभयो, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उहाँलाई ह्ववीलचेयरमा लैजाुन परेको थियो ।

जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिनुभयो र छनौट पनि हुनुभयो ।उहाँ पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन काण्ड मच्चिरहेको थियो भने जापानमा अध्ययन सकाएर फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो । ती दुवै घटनालाई उहाँले मधेसीमाथि भएको दमनका रुपमा लिनुभएको छ ।

जनताको विषयलाई मुद्दा बनाएको जनमत पार्टीले अगामी दिनमा कस्तो प्रभाव पार्छ भन्ने सबैको चासोको विषय बनेको छ । संगठन विस्तारमा लागिरहेको जनमत पार्टीले स्थानीय तहमा आएको परिणाम सँगसँगै अब हुने प्रदेश र संघको निर्वाचनका लागि तयारी थालिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]