०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

वाइसिएलका केन्द्रीय सदस्य मुकेश जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,१ कार्तिक ।नेकपा माओवादी केन्द्र निकट वाइसिएलका केन्द्रीय सदस्य मुकेश यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ घर भएका यादव मंगलबार यो पार्टीमा प्रवेश गरेका हुन् । उनीसहित महादेवाका संजय यादव, सकरपुरा निवासी ओम मुखिया लगायतका व्यक्ति पनि जनमत पार्टी प्रवेश गरेको पार्टीका नेता सतिश सिंहले जानकारी दिए ।
यस्तै, छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ बस्ने अनिल भनिने अजाद बिद्रोही पनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरुलाई जनमत पार्टीका अध्यक्ष डा. राउतले तिलाठी कोइलाडी र छिन्नमस्तामा आयोजित छुट्टाछुट्टै कार्यक्रमकाबीच पार्टी प्रवेश गराएका छन् ।

उक्त अवसरमा पार्टीका क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार सतिश कुमार सिंह, क्षेत्र नं. २ (ख) का उम्मेदवार महेश प्रसाद यादव लगायत पार्टीका नेता, कार्यकर्ताहरुको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]