०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

वाइसिएलका केन्द्रीय सदस्य मुकेश जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,१ कार्तिक ।नेकपा माओवादी केन्द्र निकट वाइसिएलका केन्द्रीय सदस्य मुकेश यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ घर भएका यादव मंगलबार यो पार्टीमा प्रवेश गरेका हुन् । उनीसहित महादेवाका संजय यादव, सकरपुरा निवासी ओम मुखिया लगायतका व्यक्ति पनि जनमत पार्टी प्रवेश गरेको पार्टीका नेता सतिश सिंहले जानकारी दिए ।
यस्तै, छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ बस्ने अनिल भनिने अजाद बिद्रोही पनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरुलाई जनमत पार्टीका अध्यक्ष डा. राउतले तिलाठी कोइलाडी र छिन्नमस्तामा आयोजित छुट्टाछुट्टै कार्यक्रमकाबीच पार्टी प्रवेश गराएका छन् ।

उक्त अवसरमा पार्टीका क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार सतिश कुमार सिंह, क्षेत्र नं. २ (ख) का उम्मेदवार महेश प्रसाद यादव लगायत पार्टीका नेता, कार्यकर्ताहरुको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]