२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

मधेशलाई शिक्षाको हब बनाउने : उम्मेदवार ई.शम्भुनाथ साह

Logo
प्रकाशित बुधबार, कार्तिक ०२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ कार्तिक । जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा क्षेत्र नं.३ का प्रतिनिधि सभा पदको उम्मेदवार ई.शम्भुनाथ साहले मधेशलाई शिक्षाको हब बनाउने बताउनुभएको छ।

उम्मेदवार ई.साहले न्यूजमधेशसंग कुरा गर्दै उनले मधेशलाई शिक्षाको हबको रुपमा बिकास गर्ने बताउनुभएको हो।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ई.साहले भने, ‘मधेश प्रदेशको साक्षरता दर करिब ५० प्रतिशत रहेको छ।जब कि सबै भन्दा अबिकसित रहेको करणी प्रदेशको साक्षरता ६२ प्रतिशत रहेको उनले भन्नुभयो।’

उनले भने, ‘एक समय यस्तो थियो ,कि मधेशका शिक्षकहरु काठमाडौं ,बिराटनगर र पोखरा जस्ता ठाउँहरुमा पढाइरहेका थिए।तर, अहिले मधेशका विद्यार्थीहरुलाई यहाँ गुणस्तरीय शिक्षा पाइरहेका छैन,गुणस्तरीय शिक्षा हासिल गर्नको लागि काठमाडौं ,विराटनगर ,पोखरा र भारतलगाइतका देशमा जान बाध्यता रहेको जिकिर गरे।’

जनताले सबै पार्टीका नेताहरुलाई भोट दिनुभएको छ।कांग्रेस ,कम्युनिस्ट र जसले आफुलाई मधेशबासी भन्ने जसपा र लोसपालाई पनि जनताले मत दिएर हेरिसकेको छ।उनिहरुले जनताको सुखदुःख साथ दिदैन्न ।एउटा मात्रै जनमत पार्टी छ।जसले देशदेखि विदेशको ४० भन्दाबढी देशमा जनमत पार्टीको संगठन रहेको उनले थप्नुभएको हो।

उनले आमजन समुदायलाई आग्रह गर्दै भन्नुभयो, ‘आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा हासिल गर्न मधेशमै चाहनुहुन्छ भने जनमत पार्टीका हर्न छापमा मददान गरि शिक्षित र भिजनारीलाई जिताएर पठाउनुस मधेशलाई शिक्षाको हब बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।’

यहाँका भ्रष्टाचारी नेताहरु जसले ७० वर्षदेखि जुन पार्टी रहेका कारण मधेशको शिक्षाको अवस्था धारासायी भएको उनले आरोप लगाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]