०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

सिरहा २ मा जनमतको पलरा भारी , बाहृय र गठबन्धनका उम्मेदवार बहिस्कार गर्ने जनताको चाहना

Logo
प्रकाशित बुधबार, कार्तिक ०२, २०७९

सिरहा : सिरहा निर्वाचन क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्यको रुपमा जनमत पार्टी बाट बिनोद यादवको पलरा भारी बन्दै गएको छ। सिरहा २ मा दलको तर्फबाट जसपा-ओली गठबन्धनको उम्मेदवार राजकिशोर यादव ,५ दलिय गठबन्धनका उम्मेदवार चित्रलेखा यादव र एकल जनमत पार्टीको तर्फबाट बिनोद कुमार यादव उम्मेदवार छन् । तीन पटक सांसद भैसकेकी चित्रलेखा यादव र राजकिशोर यादव त्यस क्षेत्रका लागि आगन्तुक छन । त्यसैले पनि मतदाताको रोजाईमा उनीहरु परिरहेका छैनन् । चित्रलेखा यादवको आफ्नो ससुरा घर सिरहा-३ मा छन भने राजकिशोर यादवको सिरहा-४ मा छन् । आफ्नो क्षेत्रमा सिन्को भाच्न नसकेपछी हार्ने डरले उनीहरु सिरहा -२ रोजेको जनताको बुझाई छ।

त्यसतै दलका तर्फबाट अर्का उम्मेदवार बिनोद कुमार यादव भन्ने जनमत पार्टी बाट एकल चुनाबी मैदानमा छन् । उनी सिरहा -२ का स्थायी बासिन्दा हुन् । सुखिपुर नपा -५ का उनी लामो समय देखी राजनितीमा सक्रिय छन् । तर उम्मेदवारको रुपमा पहिलो पल्ट आएकोले पनि मतदातामा उनको प्रती बिश्वास छ। जनता नंया अनुहारको खोजीमा देखिन्छन् । उनी त्यसै पनि जनमत पार्टीका उम्मेदवार हुन । जनमत पार्टी अथवा सीके राउत प्रती जनताको क्रेज उसो पनि अहिलेको अवस्थामा बलियो छ। सिरहा २ बाट केही स्वतन्त्र उम्मेदवारहरु पनि छन। तर अधिकान्स स्वतन्त्र पनि बाहृयका छन भने दशकौं देखी दलको झन्डा बोकेका र अहिले टीकेट नपाए पछि स्वतन्त्र बनेका छन । त्यसैले पनि उनीहरुको चर्चा खासै चल्दैन। स्वतन्त्र उम्मेदवारको रुपमा आर पि महतो पनि छन ।

धनगढीमाई नपाका एक मतदाता भन्छन- पटक पटक हेरिएकालाई यस पटक बिदा गर्ने हाम्रो सोच छ। अनि कसलाई मतदान गर्नुहुन्छ त ? भने प्रश्नमा उनको जवाफ सरल थियो । जो नंया अनुहार छन् , युवा छन , जोसिला छन। सिरहा -२ का उम्मेदवारहरु बिच बरिस्ठ पत्रकार ऋषि धमलाले गरेको साकक्षातकार कार्यक्रममा पुर्ब मन्त्रीहरु बिच कुटाकुट नै भएको थियो । सिरहा -२ प्रदेश सभा क मा जनमत पार्टी बाट सन्जय कुमार यादव , जसपा-ओली गठबन्धनवाट बिजय यादव , ५ दलिय गठबन्धन बाट जिवछ कुमार यादव उम्मेदवार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]