०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सिरहा २ मा जनमतको पलरा भारी , बाहृय र गठबन्धनका उम्मेदवार बहिस्कार गर्ने जनताको चाहना

Logo
प्रकाशित बुधबार, कार्तिक ०२, २०७९

सिरहा : सिरहा निर्वाचन क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्यको रुपमा जनमत पार्टी बाट बिनोद यादवको पलरा भारी बन्दै गएको छ। सिरहा २ मा दलको तर्फबाट जसपा-ओली गठबन्धनको उम्मेदवार राजकिशोर यादव ,५ दलिय गठबन्धनका उम्मेदवार चित्रलेखा यादव र एकल जनमत पार्टीको तर्फबाट बिनोद कुमार यादव उम्मेदवार छन् । तीन पटक सांसद भैसकेकी चित्रलेखा यादव र राजकिशोर यादव त्यस क्षेत्रका लागि आगन्तुक छन । त्यसैले पनि मतदाताको रोजाईमा उनीहरु परिरहेका छैनन् । चित्रलेखा यादवको आफ्नो ससुरा घर सिरहा-३ मा छन भने राजकिशोर यादवको सिरहा-४ मा छन् । आफ्नो क्षेत्रमा सिन्को भाच्न नसकेपछी हार्ने डरले उनीहरु सिरहा -२ रोजेको जनताको बुझाई छ।

त्यसतै दलका तर्फबाट अर्का उम्मेदवार बिनोद कुमार यादव भन्ने जनमत पार्टी बाट एकल चुनाबी मैदानमा छन् । उनी सिरहा -२ का स्थायी बासिन्दा हुन् । सुखिपुर नपा -५ का उनी लामो समय देखी राजनितीमा सक्रिय छन् । तर उम्मेदवारको रुपमा पहिलो पल्ट आएकोले पनि मतदातामा उनको प्रती बिश्वास छ। जनता नंया अनुहारको खोजीमा देखिन्छन् । उनी त्यसै पनि जनमत पार्टीका उम्मेदवार हुन । जनमत पार्टी अथवा सीके राउत प्रती जनताको क्रेज उसो पनि अहिलेको अवस्थामा बलियो छ। सिरहा २ बाट केही स्वतन्त्र उम्मेदवारहरु पनि छन। तर अधिकान्स स्वतन्त्र पनि बाहृयका छन भने दशकौं देखी दलको झन्डा बोकेका र अहिले टीकेट नपाए पछि स्वतन्त्र बनेका छन । त्यसैले पनि उनीहरुको चर्चा खासै चल्दैन। स्वतन्त्र उम्मेदवारको रुपमा आर पि महतो पनि छन ।

धनगढीमाई नपाका एक मतदाता भन्छन- पटक पटक हेरिएकालाई यस पटक बिदा गर्ने हाम्रो सोच छ। अनि कसलाई मतदान गर्नुहुन्छ त ? भने प्रश्नमा उनको जवाफ सरल थियो । जो नंया अनुहार छन् , युवा छन , जोसिला छन। सिरहा -२ का उम्मेदवारहरु बिच बरिस्ठ पत्रकार ऋषि धमलाले गरेको साकक्षातकार कार्यक्रममा पुर्ब मन्त्रीहरु बिच कुटाकुट नै भएको थियो । सिरहा -२ प्रदेश सभा क मा जनमत पार्टी बाट सन्जय कुमार यादव , जसपा-ओली गठबन्धनवाट बिजय यादव , ५ दलिय गठबन्धन बाट जिवछ कुमार यादव उम्मेदवार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]