३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

ई.शम्भुनाथ साहको पहलमा निरन्तर विदेशमा ज्यान गुमाएका मधेशीको शव उद्धार

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको पहलमा वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएकाहरुको शव निरन्तर उद्धार हुँदै आइरहेको छ।

नेपालमा रोजगारी नपाएका युवाहरु वैदेशिक रोजगारमा गएका
धनुषाको एक युवकको मृत्यु भएपछी उनको शव गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय अध्यक्षसमेत रहेका उम्मेदवार ई.साहको पहलमा उद्धार गरि उनको परिवारजनलाई बुझाए छ।

धनुषाको नगराइन नगरपालिका -८ का सितेश मण्डलको कतारमा मृत्यु भएको थिए।उनको परिवारजनले थुप्रै पार्टीका नेताहरुलाई मण्डलको शव कतारबाट उद्गार गराइदिन आग्रह गरेपनि उनितर्फ कसैको ध्यान पुगेन।त्यसैक्रममा यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहलाई मृतकको परिवारजनले जनकारी गराए लगतै उनको शव उद्धार कार्यमा जुटेका थिए।

अन्ततः ई.साहले मृतक मण्डलको शव उद्धार गर्नमा सफल भएका हुन।आज मृतक मण्डलको शव उनको परिवारजनलाई बुझाएको छ।

ई.साह करिब एक हप्तामा वैदेशिक रोजगारको क्रममा कतार ,साउदी ,दुबई र मलेसियामा मृत्यु भएका एक दर्जनभन्दा बढी शवहरु उद्धार गरेका हुन। उनी पहिलादेखी नै यस्ता कार्यहरु गर्दै आइरहेको हो।

मृतक मण्डलको परिवारजनले शव उद्धार गर्ने गरै आवासीय मधेशी संघ कतारका पदाधिकारीहरुलाई धन्यवाददिदै उनले भने,हाम्रो परिवारको लागि ई.शम्भुनाथ साह भगवान बन्नुभयो,उहाँ र उहाँको साथीहरुकै कारण आज सितेशको मुख हेर्न पाएको छु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]