१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

उम्मेदवार ई.साहको विशेष पहलमा गैर आवासीय मधेशी संघले गरे दुई जनाको शव उद्धार

Logo
प्रकाशित सोमबार, कार्तिक ०७, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,७ कार्तिक ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघले कतारबाट दुई जनको शव उद्धार गर्नुभएको छ।

वैदेशिक रोजगारमा कतारको (QBC) कम्पनीमा कार्यरत धनुषाको नगराइन नगरपालिका -८ खिरखिरियाका ३८ वर्षीय सिदेश्वर मण्डल र सिरहाको नरहा गाउँपालिका -४ बलुवाको रामकुमार सादाको शव गैर आवासीय मधेशी संघ कतारले उद्घार गर्नुभएका हुन।

उनी दुबै जनाको शव एनआरएमएका कतारका कार्यबाहक अध्यक्ष जितेन्द्र कुमार यादव ,संघका महासचिव राम सुबान यादव ,सह कोषाध्यक्ष नन्द कुमार ठाकुर र प्रेस जनमत संघ अन्तर्राष्ट्रिय समिति सदस्य बिनोद कुमार यादवको सहयोगमा उद्धार गर्नुभएको हो।

त्यसैगरी संघका कतार सचीव ई.प्रमुद ठाकुर ,केन्द्रिय कोडिनेटर राजु यादव ,ग्रेन्ड मल टिमका अध्यक्ष जितनारायन यादव ,सदस्य अमोद यादव र कतारका सदस्य बलिराम यादवलगाइतका संघका पदाधिकारीहरुको सहयोगमा शव उद्धार गर्नुभएको हो।

मण्डल र सादाको शव उद्धारमा गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समिती अध्यक्षसमेत रहेका धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको विशेष पहल रहेको संघका कतारको कार्यबाहक अध्यक्ष जितेन्द्र कुमार यादवले बताउनुभयो ।

कार्यबाहक अध्यक्ष यादवका अनुसार मण्डल र सादाको शव कतारबाट उद्धार गरि उहाँहरुको परिवारजनलाई बझाएको बताउनुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]