१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

दाङका तीन फर्निचरमा भएको आगलागीबाट पौने ७ करोड क्षति

Logo
प्रकाशित बुधबार, कार्तिक ०९, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही,९ कार्तिक । गयराति दाङको घोराहीस्थित फर्निचर उद्योगमा गएराति भएको आगलागीबाट करिब पौने ७ करोड क्षति भएको छ ।

घटनाको प्रारम्भिक क्षति विवरणअनुसार आगलागीबाट तीन फर्निचर उद्योग तथा शो रुमहरु जलेर पूर्ण क्षति भएको र त्यसबाट ६ करोड ६८ लाख बढीको क्षति भएको अनुमान गरिएको जनाएको छ ।घोराही उपमहानगरपालिका-१५ उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा न्यू दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै प्रकृति शो रुम जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

तीन फर्निचर उद्योग, एउटा शो रुममा पूर्ण रूपमा जलेर नष्ट भएको र त्यसबाट झन्डै ६ करोड ६८ लाख बराबरको काठ तथा तयारी अवस्थामा राखिएका फर्निचरहरु जलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब ५ बजेतिर मात्रै पूर्णरूपमा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी रातभर ठूलो संख्यामा खटिएका थिए ।त्यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाका दमकलहरु बोलाउनु परेको थियो । आसपासका संरचना भत्काउन तथा माटो खनेर आगो नियन्त्रणमा लिनको लागि डोजरको पनि प्रयोग गरिएको थियो ।

घना बस्ती रहेको क्षेत्रमा आगो लागेपनि प्रहरीकै सक्रियताले आसपासका घर जोगाउन सम्भव भएको र त्यसबाट सम्भावित ठूलो क्षति टरेको छ ।मध्यरातमा घोराहीको मुख्य बजारमा भएको भीषण आगलागीबाट सर्वसाधारण त्रसित बनेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।