०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

किशोरी साह कमलालाई जिताउन जसपा र एमालेका दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित बुधबार, कार्तिक ०९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार दिएका किशोरी साह कमललाई जिताउन जसपा र नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश गर्नुभएको छ।

जिल्लाको मिथिला बिहारी नगरपालिकामा जसपाका जिल्ला नेता महिन्द्र यादवलगाइत जसपा र नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता हरु जनमत पार्टीमा प्रवेश गर्नुभएका हुन।

नव प्रवेशहरुलाई उम्मेदवार साह दोसल्ला र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।सो कार्यक्रममा जनमत पार्टी धनुषा इन्चार्ज संजय कुमार साहलगाइतका नेताकार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गर्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]