०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

सप्तरी २(क ) प्रदेशसभामा त्रिपक्षीय प्रतिस्पर्धा

Logo
प्रकाशित बुधबार, कार्तिक ०९, २०७९

देवराम प्रसाद यादव
सप्तरी ,९ कार्तिक । सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, जनमत पार्टीका युवा नेता सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मण्डलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ ।

मन्त्री साह जसपा–एमाले गठबन्धनबाट, सतिश सिंह जनमत पार्टीबाट तथा सरोज मण्डल सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, यस क्षेत्रबाट नेमकिपाका विनादेवी यादव, नेपाली कांग्रेस (बीपी) का रामनारायण राय, हाम्रो नेपाल पार्टीका कन्हैयाकुमार ठाकुर, जनता प्रगतिशील पार्टीका सत्यनारायण मुखिया, राप्रपा नेपालका कालीचरण राय, राप्रपाका जयनारायण मण्डल पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै स्वतन्त्रतर्फ चन्द्रकला सिंह, पुनिताकुमारी ठाकुर, कामेश्वर मण्डल, रजत सिंह, रुपेश मण्डल, गिरिधर मण्डल र धीरेन्द्रकुमार साह पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस क्षेत्रमा कुल ४९ हजार ९ सय १८ मतदाता छन् । यहाँ ३८ वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्र रहेको छ । यस क्षेत्रमा तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका तथा महादेवा गाउँपालिकाको ४ वटा वडा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]