१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

मिथिलाञ्चलमा छठ : आज खरना गरिँदै

Logo
प्रकाशित शनिबार, कार्तिक १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२  कार्तिक । छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार ‘‘नहाय–खाय’ विधिबाट व्रत सुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन्।

छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ। यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ।

व्रतको मुख्य दिन षष्ठी तिथि (यो वर्ष आइतबार) मा निराहार व्रत बसेर अपराह्न जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन्। यो विधिलाई ‘‘सझुका अरख’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदव् सूर्यलाई अर्घ्य दिइन्छ। यसलाई ‘‘भोरका अरख’ भनिन्छ। यससँगै व्रत समाप्त हुन्छ।

छठमा श्रद्धा र निष्ठालाई महत्त्व दिइन्छ। अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अर्घ दिने पवित्र जलाशयको सरसफाइ र श्रृंगारलाई पनि महत्त्व दिइन्छ।

छठमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार आफन्तलाई घरमै बोलाएर ख्वाउने वा उनीहरूकोमा पुर्‍याउने चलन छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]