१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

जसपालाई झट्का दिदै दर्जनौं नेता कार्यकर्ता गरे जनमतमा प्रवेश

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,१३ कार्तिक ।जनता समाजवादी पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन ।

शनिवार सप्तरीको छिन्नमस्ता गाउँपालिका १ मा भेटघाट कार्यक्रममा जसपा ,लोसपासहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा सीके राउतले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे ।

सो कार्यक्रममा सप्तरी क्षेत्र नं .२(क ) प्रदेश सभा सदस्यका उम्मेदवार सतिश कुमार सिंह ,सप्तरी क्षेत्र नं .२(ख ) प्रदेश सभा सदस्यका उम्मेदवार महेश प्रसाद यादव र जनमत पार्टी सप्तरीका जिल्ला इन्चार्ज ममता झालगाईतकी उपस्थिति रहेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]