०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

कैलालीबाट १० वर्षीय बालक वेपत्ता

Logo
प्रकाशित बुधबार, भाद्र ०४, २०७६

कैलाली ।धनगढी उप–महानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकका बलबहादुर बुढाका १० वर्षीय छोरा केशव वेपत्ता भएको छ।

केशवका बाजे धनबहादुरले मंगलबार दिउँसो उनी घरबाट वेपत्ता भएको बताए। दिउँसो १ बजे सम्म घरमै रहेका बुढा एकाएक हराएको उनले बताए ।

परिवारले बालकको खोजीका लागि प्रहरीमा निवेदन दर्ता गराएका छन्। गहुँ गोरो वर्णको, सेतोमा रातो धर्का भएको नेपाली सेना(आर्मी) को जस्तै कपडाको पाईन्ट र निलो झोला बोकेको हुँदा देख्नुहुनेलाई नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिन आग्रह गरिएको छ। बुढाको पुख्र्यौली घर अछाम हो।

अछामको ढकारी नगरपालिका वडा नम्बर ३ हिच्माबाट केहि वर्ष पहिले मात्र उनको परिवार धनगढी बसाई सरी आएका थिए। यता जिल्ला प्रहरी कार्यालय कैलालीले बालकको खोजि कार्य जारी राखिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]