०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

‘कुमारी आमा’ निहारिका राजपुतको छोराको डिएनए शिवराज श्रेष्ठसँग मिल्यो

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम , १९ कार्तिक  । ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए म्याच भएको हो । २० वर्षीया बलात्कार पीडित सोनाली सिंह (निहारिका)ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परिक्षण गराउँदा म्याच भएको हो ।

विधि विज्ञान प्रयोगशाला काठमाडौँले कात्तिक १८ गते उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९ दशमलव ९९९ प्रतिशत मिलेको रिपोर्ट आएको बलात्कार पीडित सिंहका वकिल रिङ्कु यादवले बताए । उनका अनुसार जिल्ला प्रहरी, सरकारी वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो ।

शिवराज साधारण तारिखमा छन् । उनको यही कात्तिक २५ गते तारेख छ । चुनावपछि यो मुद्दाको पेसी चढ्ने उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

शिवराजले नशालु पदार्थ खुवाएर बलात्कार गर्दा बसेको गर्भबाट सोनालीले बच्चा भएको आरोप सोनालीले लगाउँदै आएकी छन् । आरोपित शिवराज श्रेष्ठले आफूहरुबीच शारीरिक सम्पर्क भए पनि बच्चा आफनो नभएको दाबी गर्दै आएका थिए ।

जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले २०७८ माघ २४ गते शिवराजको पक्षमा फैसला गरेको थियो । न्यायाधीश भट्टराईले अभियोग दाबी नपुग्ने फैसला गरेका थिए । उनीहरू प्रेम सम्बन्धमा रहेको, श्रीमान् श्रीमतीकै हैसियतमा बसेको कुरा स्वयं वादीले स्वीकार गरेको, नाता कायमका लागि निवेदन लेखेको र प्रेमी शिवराज श्रेष्ठलाई छाड्न नसक्ने भनी निवेदनसमेत लेखिसकेको सम्बन्धमा यो जबरजस्ती करणी नभएको उक्त फैसलामा उल्लेख छ ।

अभियोगपत्रमै जबरजस्ती करणीको कसुरमात्रै लिएर गएकाले यो मुद्दालाई अदालतले जबरजस्ती करणीको महलमा मात्रै राखेर विश्लेषण गरेको र आरोपितलाई जबरजस्ती करणीको कसुरबाट सफाइ दिएको थियो ।

पछि जिल्ला अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्दै उच्च अदालत जनकपुरमा पीडितले २०७८ फागुनमा उजुरी दिएकी थिइन् । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गत भदौ ८ गते दुवैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो । उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत् निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौँमा डिएनए परीक्षण भएको थियो ।

उच्च अदालतले लामो समय पेसी नतोकेको र डिएनए परीक्षणको आदेश नदिएको भन्दै पीडित सोनाली सिंह दुई पटक आमरण अनशनमा बसेकी थिइन् । अनसनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि ‘फास्ट ट्रयाक’मा मुद्दाको सुनुवाइ अघि बढाइएको हो ।

निहारिकाले गत साउन २७ गते राष्ट्रपति कार्यालय, शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।

पछि ५ भदौमा तत्कालीन कानुनमन्त्री गोविन्द बन्दीका उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको मागबमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । उनको मुद्दा विचाराधीन भएकाले अदालतमा सरकारी वकिलले नै यससम्बन्धी माग गर्नुपर्ने अवस्था थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]