०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

निर्वाचन आचार संहिताको धज्जी उडाउँदै डा. रञ्जित झा

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

न्यूजमधेश डेस्क
राजबिराज,१९ कार्तिक । सप्तरीमा उपेन्द्र यादवलाई चुनाव जिताउन डा.रञ्जित कुमार झा सक्रिय भएर लागेका छन् ।

निर्वाचन आचार संहितालाई धज्जी उडाउँदै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा अहिले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रचार–प्रसारमा सक्रिय भएर लागेका हुन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुप्रिटेण्डेन्ट रहि सकेका झा निर्वाचन आचार संहिता विपरित आफ्नो मर्यादाको ख्याल नगरी अध्यक्ष यादवको पक्षमा जनमत बनाउन खुल्लेआम लागेको फेसबुकमा सार्वजनिक भएको भिडियो बाट देखिएको छ ।

उपेन्द्र यादवको फेसबुक एकाउण्टमा पोष्ट गरिएको भिडियोमा डा. झाले जसपाका नेता कार्यकर्ता माझ प्रशिक्षण दिए जस्तै यादवको काम बारे प्रवचन दिएका छन् । ‘यदि कसैले उपेन्द्रबाबुले केही गरेको छैन् भने म भन्न चाहन्छु, आँखा छ उ देख्न चाहन्न कान छ उ सुन्न चाहन्न’ डा. झाले भनेका छन् । झाले बोलेको भिडियोमा जसपाको चुनाव चिन्ह र झण्डा समेत अंकित गरिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पाताल राजविराज भित्र रहेका विभिन्न ल्याव र उपकारणको दुश्य राखिएको ५ मिनेट १६ सेकेण्डको सो भिडियोमा डा. झाले अस्पतालमा ल्याइएको यी सबै उपकरण यादवले नै ल्याएर दिएको र उनकै बलमा यो अस्पतालले कायापलट गरेको सहभागीहरुलाई बुझाउन खोजेका हुन् । ‘यो नस्वीकारनु सप्तरीबासीको लागी दुर्भाग्य हो’ झाको भनाई छ ।

डा.झाको आफ्नै दिदी रञ्जु ठाकुर जसपाबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार हुन् । पोष्ट गरिएको भिडियोमा जसपा अध्यक्ष यादव, प्रवक्ता मनिष सुमन, रञ्जु ठाकुर लागायत सैर्यौ जनाको उपस्थिति रहेको छ ।

यसरी नेपाल सरकारको तलव खाने डा.झाले उपेन्द्र यादवको सामाजिक सञ्जाल एकाउण्ट मार्फत आम मतदातालाई गजेन्द्रनारायण सिंह अस्पतालको नायकको रुपमा एउटा उम्मेदवारलाई प्रस्तुत गर्नु निर्वाचन आचार संहिताको धज्जी उडाउनु हो ।

सप्तरीमा निर्वाचन आचार संहिताको धज्जी उडाउने काम सरकारी निकायका कर्मचारीहरुबाट व्यापक रुपमा हुँदै आएको छ । यसअघि राजविराज नगरपालिकाका अधिकृत मनोज कुमार यादवले खुल्लेआम उपेन्द्र यादवको प्रचारमा लागेपछि उनलाई आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]