१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

निर्वाचन नजिकिदै गर्दा युवा जनशक्ति विदेश पलायन हुँदै

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

काठमाडौं ,१९ कार्तिक । दशैं र तिहार जस्ता महत्वपूर्ण चाडपर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेला सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत जान थालेका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन दुई साता बाँकी रहँदा उम्मेदवारहरु मतदाता रिझाउन गाउँगाउँ गएका छन् । तर युवाहरु भने गाउँ छाड्न थालेका छन् ।

चाडपर्व मनाउन दशैं अघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन् । सुदूरपश्चिमका युवाहरुका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो ।

हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ ४ सय भन्दा बढी युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]