२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

आचारसंहिता विपरीत भोट माग्दै वडाध्यक्ष यादव

Logo
प्रकाशित आइतबार, कार्तिक २०, २०७९

न्यूजमधेश डेस्क
सिरहा ,२० कार्तिक। स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीलेहरुले कुनै पनि राजनीतिक दल वा उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ ।

तर, निर्वाचनको सरगर्मी बढेसँगै स्थानीय सरकार जनप्रतिनिधिहरू खुलेर उम्मेदवारको पक्षमा प्रचारप्रसारसँगै भेला सभा र मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् ।

साझा पद धारण गरेका व्यक्तिहरुले खुलेर प्रचारप्रसार तथा भोट माग्न गाउँ गाउँ जाँदा निर्वाचन आचारसंहिताको नै धज्जी उडिरहेको नेपाली कांग्रेसबाट सिरहाको बरियारपट्टी गाउँपालिका ४ का वडाध्यक्ष नविन कुमार यादवले घरदैलो कार्यक्रममा जनताको घरघर पुगेर भोट मान्दै घुमिरहेको छ ।

वडाध्यक्ष यादवले सिरहा क्षेत्र नं . २ मा कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवसंगै घरदैलो कार्यक्रममा घुमिरहेको स्थानीयवासीले बताउँछन् ।निर्वाचनको रौनकसँगै स्थानीय सरकारका वडाध्यक्षहरु खुलेर पार्टीको प्रचारप्रसारमा गर्दै हिँडिरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]