२५ कार्तिक २०८२, मंगलबार
11-11-2025 , Tue
×

धनुषा १ : मातृका यादव र दिपक कार्कीबीच ‘सेटिङ्ग’ ! (पाँच प्रमाण)

Logo
प्रकाशित शुक्रबार, कार्तिक २५, २०७९

जनकपुरधाम ,२५ कार्तिक। धनुषा निर्वाचन क्षेत्र नं.१ बाट माओवादी केन्द्रका उम्मेदवार मातृका प्रसाद यादव र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दिपक कार्कीबीच ‘सेटिङ्ग’ रहेको प्रमाणसहित आरोप लागेको छ । दिपक कार्कीले मातृका यादवलाई चुनाव जिताउन भूमिका खेलिरहेको देखिएको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि मातृका प्रसाद यादव र दिपक कार्कीबीच सेटिङ्ग भएपछि मातृका प्रसाद यादवले चुनाव जितेका थिए ।

प्रमाण १ : २०७४ को रणनीति अहिले पनि

२०७४ मा यस क्षेत्रमा नेपाली कांग्रेसको अवस्था बलियो थियो। नेपाली कांग्रेसका उम्मेदवार आनन्द ढुँगानाले जित्ने निश्चित देखिएपछि मातृका प्रसाद यादव र दिपक कार्कीबीच सेटिङ्ग भएको थियो।

जसअनुसार नेपाली कांग्रेसलाई विभाजन गरी दिपक कार्की उम्मेदवार बनेका थिए। परिणाम स्वरुप नेपाली कांग्रेसको भोट आनन्द ढुँगाना र दिपक कार्कीमा बाँडिएपछि मातृका यादवले चुनाव जितेका थिए ।

पछिल्लो चुनाव जस्तै यस पटक पनि मातृका यादवले चुनाव जित्न दिपक कार्कीसँग सेटिङ्ग गरेको देखिन्छ । कार्कीले यसपटक पनि एमालेको भोट काट्ने छन्। यसैगरी मातृका यादवलाई नजाने नेपाली कांग्रेसको भोट पनि कार्कीले काट्ने छन्। र, मातृका यादवलाई जिताउने छन्।

प्रमाण २ : सबैला नगरपालिकाको कार्यपालिकामा मातृका र कार्कीको गठबन्धन

यसक्षेत्रमा चुनाव जित्न निर्णायक मानिएको सबैला नगरपालिकामा मातृका प्रसाद यादव र दिपक कार्कीबीच गठबन्धन रहेको छ। नगरपालिकामा मातृका यादवका भाई कारी यादवले मेयरमा जितेका छन्।

सबैला नगरपालिकाको कार्यपालिकामा मातृका यादवलाई सहयोग गर्न दिपक कार्कीले गठबन्धन गरेका हुन्। नगरपरिषद्मा बजेट बाँडफाँड र विनियोजन मातृका यादव र दिपक कार्कीले मिलेर गरेका छन्। अहिले पनि दुबै जनाले मिलेर योजनाहरु अगाडि बढाएका छन्।

प्रमाण ३ : यादव र कार्कीबीच आर्थिक लेनदेन

जसपाका उम्मेदवार दिपक कार्कीको कुनै व्यापार व्यवसाय छैन । तर, अघिल्लो चुनावमा पनि करोडौं रुपैंया खर्च गरेका थिए। यस पटकको चुनावमा पनि करोडौं रुपैंया खर्च गरिरहेका छन् ।

श्रोतका अनुसार दिपक कार्कीलाई चुनाव लड्न मातृका प्रसाद यादवले पैसा दिएका छन् । तीन पटक मन्त्री भएका मातृका यादवसँग अकुत पैसा रहेको र सोही पैसाबाट दिपक कार्कीलाई चुनाव लड्न पैसा दिइएको हो।

प्रमाण ४ : केन्द्र र प्रदेश सरकारको योजनाको कमिसन बाँडफाँड

केन्द्रीय सरकारबाट यस क्षेत्रमा आएको योजनाहरु मातृका प्रसाद यादव र दिपक कार्कीको समूह मिलेर चलाएका थिए। जसमा आएको कमिसन दुबै समूहले वितरण गरेका थिए।
मधेश प्रदेशबाट दिपक कार्कीले ल्याएको करोडौंको योजनामा मातृका यादवका भई कारी यादवको पनि संलग्नता थियो। प्रदेशको योजना दुबै जना मिलेर चलाएका थिए।

मधेश प्रदेश सरकारको योजनाबाट आएको कमिसन जसपाका नेता श्याम यादवलाई नदिई मातृका यादवको समूहलाई दिइएपछि श्याम यादव र दिपक कार्कीबीच झगडा भएको थियो । श्याम यादवले भागबण्डा माग्न थालेपछि श्याम यादवको राजनीतिक समाप्त पार्न दिपक कार्कीले प्रदेश सभाका प्रत्यासी रहेका श्यामलाई उपमेयरमा चुनाव लडाएर हराएका थिए ।

प्रमाण ५ : घरदैलोमा पनि यादव र कार्कीबीच सेटिङ्ग

धनुषा निर्वाचन क्षेत्र नं. १ को विभिन्न स्थानमा मातृका प्रसाद यादव घरैदैलोमा जाने गरेका छन्। तीन पटक मन्त्री भएर पनि जनताका लागि कुनै काम नगरेको भन्दै मातृका यादवप्रति जनताहरु आक्रोसित बनेका छन्।

मातृका यादवको घरदैलोका क्रममा छिहत्तर विगहामा मातृका यादवमाथि जनताले ढुँगामुढासमेत गरेका थिए।

मातृका यादवलाई भोट नदिने स्थानमा दिपक कार्कीलाई मातृका यादवले खटाउने गरेका छन्। मातृका प्रसाद यादवलाई भोट नजाने स्थानमा अरु उम्मेदवारलाई भोट नजाओस् भनेर दिपक कार्की पुग्ने गरेका छन्। मातृका यादवबाट रुष्ट माओवादीकै नेताहरुलाई दिपक कार्कीले आफ्नो समूहमा प्रवेश गराउने गरेका छन्।

अर्थात मातृका यादवमा नजाने भोट अन्य उम्मेदवारमा नजाओसे भनेर दिपक कार्कीले आफूतिर तान्ने प्रयास गरेका छन्। जसबाट मातृका यादवलाई फाईदा पुर्याउने प्रयास दिपक कार्कीले गरिरहेका छन्।

यसक्षेत्रका मतदाताहरुका अनुसार मातृका यादवलाई चुनाव जिताउन पुनः दिपक कार्कीलाई खडा गरिएको छ। मधेशवादी पार्टीबाट पहाडीलाई टिकट दिलाएर कमजोर उम्मेदवार खडा गराइएको छ।

दिपक कार्कीको पहाडी क्षेत्रमा करिब ४/५ हजार मत भएपनि उनले जित्ने नदेखेपछि मातृका प्रसाद यादवले दिपक कार्कीसँग सेटिङ्ग गरेको प्रमाणहरु जनताले दिएका छन् । दिपक कार्कीले पनि आफू चुनाव जित्न नसक्ने देखेपछि मातृका यादवलाई सहयोग गरेको देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]