२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सप्तरी – १ मा पनि जनमतको लहर ,विभिन्न पार्टीका सयौं जना जनमतमा प्रवेश

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२७ कार्तिक । मंसिर ४ नजिकिँदै गर्दा सप्तरीमा पार्टी प्रवेशको लहर राम्रैसँग चलेको छ।सोही क्रममा आइतबार हनुमान नगर कंकालिनी नगरपालिकाका सयौं जना नेकपा एमालेसहित विभिन्न पार्टीका नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

पछिल्लो समय जनमत पार्टीको सक्रियता र कार्यकौशलले आफूहरुलाई आकर्षित गरेपछि पार्टीमै बसेर काम गर्ने योजनाका साथ प्रवेश गरिएको नेकपा एमालेका नेता मनोज कुमार महतोले बताए ।

हनुमाननगर कंकालिनी नगरपालिकाकाको योगिनियामा भएको चुनावी भेटघाट कार्यक्रममा जनमत पार्टीको तर्फबाट सप्तरी क्षेत्र नं .१ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार डा .जयकान्त राउतले उनीहरुलाई अबिरको टिका लगाएर जनमतमा प्रवेश गराएका हुन्।

उक्त कार्यक्रममार्फत नेकपा एमाले र जसपालगाइत विभिन्न पार्टीका नेताकार्यकर्ताहरु पार्टीमा भित्रिएको पार्टीका युवा नेता मुकेश मैरताले जानकारी दिएको हो ।अहिले यासैक्षेत्रमा दिनहु सयौंको संख्यामा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु प्रवेश गर्दै आइरहेकोले जनमत पार्टी हाम्रो पक्कर बनिरहेको युवा नेता मैरताले बताए ।

पार्टीप्रतिको आकर्षण बढ्दै गएको देख्दा भोलिका दिनमा जनमत पनि मधेशको मुख्य पार्टी बन्ने उनको भनाइ छ।यसपटकको निर्वाचनमा जनमतबाट प्रतिनिधि सभाका लागि सप्तरी क्षेत्र नं.१ बाट वैज्ञानिक डा .जयकान्त राउत उम्मेदवार रहेको छ , भने प्रदेश सभाको (क) मा शिवनन्दन कुशवाहा र (ख) मा शकिल अलि उम्मेदवार बनेको छ ।

उनीहरु जनताको घरघर पुगेर जनताको समस्या बुझ्दै मत मागिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]