२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

धनुषा-२(क) मा गठबन्धनसहितका उम्मेदवारलाई धक्का दिदै जनमतका उम्मेदवार दिपेन्द्र

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ कार्तिक । धनुषाको निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार यतिबेला घरदैलो कार्यक्रममा निकै व्यस्त देखिन्छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाता समक्ष आ–आफ्ना प्रतिबद्धता राख्ने कार्य झनै तीव्र बनेको छ । यसक्रममा विकास, शिक्षा, स्वास्थ्य, कृषि, खेललगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिबद्धता व्यक्त हुने क्रम जारी छ ।

यसैक्रममा, निर्वाचन क्षेत्र नं २ (क) जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका युवा नेता दिपेन्द्र तेथवार यादवले दिग्गज पार्टीका नेताहरुलाई कडा टक्कर दिदैछन्।

स्थानीय तहको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नं. २ (क) मा पर्ने कमला नगरपालिकाको नगर प्रमुखको लागि चुनाव लडेका तेथवारले जनमत पार्टीबाटै प्रदेश साँसदको टिकट पाएका छन् । उनलाई व्यक्तिगतभन्दा पनि डा. सिके राउतको नामले मत दिने दाबी उनी गर्छन् ।

प्रमुख राजनीतिक दलहरूले जितेर गएपछि केही गर्न नसक्दा ती दलका पाका नेताहरूका लागि युवा उम्मेदवार चुनौतीका रूपमा देखा परेका हुन्।

स्थानीय तहको चुनावको नतिजा अनुसार पुरानो अनुहारलाई जनताले रिप्लेस गर्न थालेपछि दिपेन्द्र तेथवारले उनीहरुलाई टक्कर दिने स्थिति बनाएको बताएका छन् ।

“विगतका उपलब्धि, मौलिक अधिकार कार्यान्वयन गर्न एवम् भ्रष्टाचारमुक्त समाज निर्माण गर्न दृढ इच्छा शक्तिसहित चुनावी मैदानमा उभिएको छु ।लाखौँ युवालाई स्वदेशमा रोजगारी सिर्जना, बाटो, सूचना तथा प्रविधि, कृषिलगायत सम्पूर्ण क्षेत्रमा समस्या पहिचान एवम् समाधानोन्मुख हुने अठोट लिएको छु, जित्ने, हार्ने स्वभाविक हो तर, जनताको मन जित्न सक्ने सबै उम्मेदवार हुँदैनन, हामी अहिले उभिदैछौँ ।”– उनले भने ।

घरदैलो कार्यक्रममा व्यस्त रहेका जनमतका दिपेन्द्रले यतिबेला मतदाताको सुझाव, आशिर्वाद लिने र उनीहरुको गुनासो टिप्ने क्रम जारी रहेको बताए । यसक्रममा उनले जनता समक्ष विभिन्न प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यस पटक प्रदेश सभा सदस्यमा जनमत पार्टीका दिपेन्द्र तेथवार यादव, जसपाका शैलेन्द्र यादव र गठबन्धनबाट (लोसपा) का सँजय साहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]