०७ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

म आवासीय सुविधा नलिने एक्लो सांसद हुँ : कमल

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, २९ कार्तिक । मधेश प्रदेशका निवर्तमान साँसद समेत रहेका धनुषा क्षेत्र नं. १ बाट जनमत पार्टीका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले स्वयम प्रदेशसभाबाट आवासीय सुविधा नलिने एकमात्र सांसद रहेको कुरा जनतालाई बुझनु पर्ने बताएका छन् ।

यहाँ ईमान्दारको ठाँउ छैन मान्छेले भन्छ उनले भने, ‘मलाई बिश्वास छ यसपालि ईमान्दारको जित हुन्छ हुन्छ ।’

कमलका स्वकीय सचिव महादेव राउतका अनुसार जनकपुरधामको चारैतिर १५ किलोमिटरको परिधि भित्र घर हुने सांसदहरुले आवासीय सेवा सुविधा नपाउने नियम रहेको र धेरै सांसदको घर जनकपुरधाममा रहेपनि आवासिय सुविधा नलिने कमल एक्लो सांसद रहेको छ ।

सुरुको चार पाँच महिनाको आवासीय सुविधा सहितको तलव सांसद कमलको खातामा आइसकेको थियो उनले भने, ‘ सांसद ज्यूले पछि प्रदेशसभामा बुझेपछि आफु नियमानुसार आवासीय सुविधा नलिने भन्दै आएको पैसा पनि फिर्ता गर्न लगाएका हुन ।’

जनताले यस्ता कुराहरु बुझेर मतदान गर्नुपर्ने उनले बताए । प्रदेश र प्रतिनिधीसभाको निर्वाचन घोषणा भएकै दिन कमलले पार्टीको सचेतकका रुपमा पाएको सवारी साधन समेत फिर्ता गरिदिएका थिए ।

उनको चुनावीसभामा गत सोमवार पार्टी अध्यक्ष डा. सिके राउत सबैला आएको र सो सभामा व्यापक भिडभाड देखिएको थियो । कमलले आफु ईमान्दारिताको राजनिति गर्दै आएको र कुनै पनि परिस्थितीमा गरिरहने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]