०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

म आवासीय सुविधा नलिने एक्लो सांसद हुँ : कमल

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, २९ कार्तिक । मधेश प्रदेशका निवर्तमान साँसद समेत रहेका धनुषा क्षेत्र नं. १ बाट जनमत पार्टीका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले स्वयम प्रदेशसभाबाट आवासीय सुविधा नलिने एकमात्र सांसद रहेको कुरा जनतालाई बुझनु पर्ने बताएका छन् ।

यहाँ ईमान्दारको ठाँउ छैन मान्छेले भन्छ उनले भने, ‘मलाई बिश्वास छ यसपालि ईमान्दारको जित हुन्छ हुन्छ ।’

कमलका स्वकीय सचिव महादेव राउतका अनुसार जनकपुरधामको चारैतिर १५ किलोमिटरको परिधि भित्र घर हुने सांसदहरुले आवासीय सेवा सुविधा नपाउने नियम रहेको र धेरै सांसदको घर जनकपुरधाममा रहेपनि आवासिय सुविधा नलिने कमल एक्लो सांसद रहेको छ ।

सुरुको चार पाँच महिनाको आवासीय सुविधा सहितको तलव सांसद कमलको खातामा आइसकेको थियो उनले भने, ‘ सांसद ज्यूले पछि प्रदेशसभामा बुझेपछि आफु नियमानुसार आवासीय सुविधा नलिने भन्दै आएको पैसा पनि फिर्ता गर्न लगाएका हुन ।’

जनताले यस्ता कुराहरु बुझेर मतदान गर्नुपर्ने उनले बताए । प्रदेश र प्रतिनिधीसभाको निर्वाचन घोषणा भएकै दिन कमलले पार्टीको सचेतकका रुपमा पाएको सवारी साधन समेत फिर्ता गरिदिएका थिए ।

उनको चुनावीसभामा गत सोमवार पार्टी अध्यक्ष डा. सिके राउत सबैला आएको र सो सभामा व्यापक भिडभाड देखिएको थियो । कमलले आफु ईमान्दारिताको राजनिति गर्दै आएको र कुनै पनि परिस्थितीमा गरिरहने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]