०७ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

जयनगर–कुर्था रेल मार्गमा चार दिन सेवा बन्द हुने

Logo
प्रकाशित बुधबार, कार्तिक ३०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३० कार्तिक। जयनगर–कुर्था रेल्वे मार्गमा बिहीबारदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ ।

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ ।

निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सिमानाका बन्द हुने भएकाले रेल सेवासमेत बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।

मङ्सिर ५ गते सोमबारदेखि रेल सेवा नियमित रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ साल चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले पनि मङ्सिर १ देखि ५ गतेसम्म शान्तिसुरक्षाबाहेक सबै सेवा बन्द रहने जनाएको छ । धनुषाका सहायक प्रजिअ अनुज भण्डारीले सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले शान्तिसुरक्षाबाहेक सबै सेवा बन्द गरिने जानकारी दिनुभयो । -रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]