२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

सुनसरी : निर्वाचन तयारी पूरा

Logo
प्रकाशित शनिबार, मंसिर ०३, २०७९

न्यूजमधेश डेस्क
सुनसरी ,३ मङ्सिर  । आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा निर्वाचलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी र चार हजार सात सय २८ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

जिल्लामा नेपाल प्रहरी एक हजार पाँच सय ८१, सशस्त्र प्रहरी सात सय ३९, नेपाली सेना चार सय ४०, म्यादी प्रहरी दुई हजार चार सय ९५ र राष्ट्रिय अनुसन्धान विभागबाट १९ जना गरी जम्मा पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ यादवले बताउनुभयो । सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलमा सुरक्षाकर्मी खटाइएको उहाँले बताउनुभयो ।

निर्वाचन सम्पन्न गर्न जिल्लामा चार हजार सात सय २८ जना कर्मचारी विभिन्न मतदानस्थलमा खटाइएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसपटक गत स्थानीय तहको निर्वाचनमा भन्दा मतदाता सङ्ख्या बढेकाले एक सय ६६ मतदानस्थल र १० वटा मतदान केन्द्र थपिएर पाँच सय ९१ पुगेको उहाँले बताउनुभयो ।

प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी जम्मा आठ जनाका दरले कर्मचारी खटाइएको प्रजिअ यादवले बताउनुभयो ।

यसपटक सुनसरीमा दुई वटा अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ । कैदीबन्दीहरूका लागि झुम्का कारागार र जिल्ला अदालत सुनसरीमा अस्थायी मतदान स्थल राखिएको निर्वाचन कार्यालय सुनसरीका प्रमुख अर्जुन अधिकारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]