२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

पैसा बाँडेका आरोपमा एमाले उमेदवार नै पक्राउ परेपछि प्रहरी प्रभाग बूढानीलकण्ठमा तनाव

Logo
प्रकाशित शनिबार, मंसिर ०३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,३ मङ्सिर । नेकपा (एमाले)का प्रदेशसभा उमेदवार नै पैसा बाँडेको आरोपमा पक्राउ परेपछि प्रहरी प्रभाग बूढानीलकण्ठमा तनाव उत्पन्न भएको छ ।

कांग्रेस समर्थक कार्यकर्ता वृत्तमा पुगेर दोषीमाथि कडा कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । कांग्रेस कार्यकर्ता ठूलो संख्यामा उपस्थित भएर नाराबाजी गर्न थालेपछि सो क्षेत्रमा सुरक्षा बढाइएको छ ।

शुक्रबार साँझ मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उमेदवार दीपक निरौलासहित तीनजनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–६ का वडाध्यक्ष रवि खड्का र एमालेको बुढानीलकण्ठ नगरपालिकाका अध्यक्ष प्रदीप डंगोल छन् ।

उनीहरू हात्तिगौंडास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो ।

काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

पक्राउ परेका निरौला एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । पक्राउ परेकाहरुलाई प्रभागबाट महाराजगञ्ज वृत्त लगेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]