२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास गर्नु प्रमुख लक्ष्य हो ः डा राउत

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,७ मङ्सिर । सप्तरीको क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा राउतले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास नै आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको छ ।

राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै डा राउतले आफ्नो पहिलो एजेण्डा नै शिक्षा, स्वास्थ्य, रोजगारी र किसानको समस्या समाधान गर्नुरहेको बताउनुभयो ।

“मलाई सप्तरीका जनताले यी एजेण्डामा काम गर्नकै लागि जनादेश दिएका छन्”, उहाँले भन्नुभयो, “जनताको विश्वास र भरोसालाई टुट्न दिन्न्, जनादेशलाई शिरमा राखेर काम गर्ने छु ।” आफ्नो पहिलो कार्य योजना नै सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने रहेको उहाँको भनाइ थियो ।

सप्तरीलाई सतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई समाधान गर्दै सतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पु¥याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरुपमा मलखाद्य, बीउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेण्डा रहेको डा राउतले सुनाउनुभयो ।

राजनीतिक संस्कृतिको विकास गर्न जनताले आफूमाथि भरोसा गरेर जिताएको उल्लेख गर्र्नुहुँदै डा राउतले आफूलाई मतदान गरेर विजयी बनाउनुभएकोमा मतदातालाई धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]