०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

रुपन्देही–५(२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही ,७ मङ्सिर । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । गुप्ताले १२ हजार नौ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

खानले ११ हजार छ सय ५१ मत ल्याउनुभएको निर्वाचन अधिकृत चिन्तनामणि शर्माले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको मतगणना सकिएपछि आधिकारिक घोषणा हुने उहाँको भनाइ छ । यस क्षेत्रको प्रदेशसभातर्फ ५(१) मा नेकपा (एमाले) का नेता तथा पूर्वसांसद भूमिश्वर ढकालले फराकिलो अन्तर बनाउनुभएको छ ।

यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे अगाडि हुनुहुन्छ । कांग्रेसका भरतकुमार शाह दोस्रो स्थानमा हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]