०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

महोत्तरीबाट अधिकांश पुरानै अनुहार निर्वाचित

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौ यसअघिकै दोहोरिनुभएको छ ।

महोत्तरी–३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी–२ बाट लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी निर्वाचित हुनुभएको छ । उहाँहरु दुवै यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुहुन्थ्यो ।

त्यसैगरी जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सातवटामा यसअघिकै प्रदेशसभा सदस्य यसपालि दोहोरिएर निर्वाचित हुनुभएको छ । यसमा महोत्तरी–१(१) र (२) बाट क्रमशः नेकपा (एमाले) नेतृ शारदा थापा र नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह हुनुहुन्छ । यसरी नै महोत्तरी–२ (१) र (२) बाट जयनुल राइन र सुरिता साह निर्वाचित हुनुभएको छ । उहाँहरु दुईमध्ये राइन लोसपाबाट र साह यसपालि लोसपाबाट अवसर नपाएपछि स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेर विजयी बन्नुभएको हो ।

जिल्लाको महोत्तरी–३(१) र (२) बाट पनि प्रदेशसभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी बन्नुभएको छ । उहाँहरु दुवै सोही क्षेत्रबाट यसअघि प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । यसरी नै महोत्तरी–४ (२) का निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा पनि यसअघि सोही क्षेत्रबाट निर्वाचित हुनुहुन्थ्यो ।

महोत्तरीे–१ बाट भने प्रतिनिधिसभामा एमाले नेता लक्ष्मी महतो कोइरी निर्वाचित हुनुभएको छ भने महोत्तरी–४ बाट कांग्रेस नेता महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । प्रदेशसभातर्फ महोत्तरी–४ (१) बाट निर्वाचित एमाले केन्द्रीय सदस्य सरोजकुमार यादव भने प्रदेशसभामा नयाँ अनुहार हुनुहुन्छ । विसं २०७४ मा महोत्तरी–४ (२) प्रदेशसभा क्षेत्रमा पराजित हुनुभएका यादव यसपालि क्षेत्र परिवर्तन गरेर महोत्तरी–४(१) बाट निर्वाचित हुनुभएको हो ।

महोत्तरी–१ र महोत्तरी–४ बाट क्रमशः गिरिराजमणि पोखरेल र डा सुरेन्द्रकुमार यादव र प्रदेशसभातर्फ महोत्तरी–४(१) बाट कौशलकुमार रायले निर्वाचनमा पराजित हुनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]