२५ कार्तिक २०८२, मंगलबार
11-11-2025 , Tue
×

स्वतन्त्र मधेश गठबन्धनका प्रथम सहिद राम मनोहरका श्रीमतीलाई जनस्वास्थ्य चौकीमा जागिर

Logo
प्रकाशित बिहिबार, भाद्र ०५, २०७६

नेपालगन्ज । तत्कालीन स्वतन्त्र मधेश गठबन्धन बाँकेका नेता स्व.राम मनोहर यादवको श्रीमती सुनिता यादवलाई जनस्वास्थ्य चौकीमा जागिर दिइएको छ ।

बाँके जिल्लाअन्तर्गत जानकी गाउँपालिका वडा नम्बर ६ मा कार्यालय सहयोगीको रुपमा सुनितालाई जागिर दिइएको जनमत पार्टीका नेता इरफान शेषले मधेशवाणीलाई बताएका छन् ।

गत २४ फागुनमा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताअनुसार जागिर दिइएको उनले जनाएका छन् ।

जनमत पार्टीको विशेष पहलमा जागिर मिलाइएको छ । साथै तीनै जना बच्चालाई जनमत पार्टीकै पहलमा अध्यापन गराइरहेको छ ।

स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको सम्झौतालाई अबिलम्ब लागू हुने गरि कार्य अघि बढाउनुपर्ने धारणा जनमत पार्टीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज शेषले राखेका छन् ।

‘हामी अगाडी बढिसकेका छौं, सरकारले पनि ढिला गर्नुहुँदैन तत्काल सम्झौता अनुसार अब हामी माथि लगाइएको राजनीतिक मुद्दाको खारिजी हुनुपर्ने’ धारणा व्यक्त गरेका छन् ।

साथै आगामी १५ गते स्व.राम मनोहर यादवको श्रृदान्जली कार्यक्रम आयोजना जनमत पार्टीले गर्ने जनाएका छन् ।

२०७५ भाद्र ७ गते बर्दिया को गुलारिया नगरपालिकामा तत्कालीन संघीय समाजवादी फोरमको कार्यक्रममा सहभागी भएको कारणले मात्रै चार जनालाई उपेन्द्र यादवको निर्देशनमा हिरासतमा लिइ राज्य बिरुद्ध को मुद्दा चलाइएको थियो ।

प्रहरी हिरासतमै राम मनोहर यादवको रहस्यमय मृत्यु पछि समस्या उत्पन्न भइ आन्दोलन समेत भएको थियो ।

राममनोहरसँगै इरफान अहमद शेष, राजित राम बर्मा र हरपाल सिंहलाई समेत पक्राउ गरिएको थियो ।- मधेशवाणी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]