१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

सीटीईभिटीमा करारका कर्मचारी साहको दादागिरी

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९

न्यूजमधेश डेस्क
रौतहट ,२० मंसीर ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) मधेश प्रदेश अन्तर्गतका शिक्षालयमा कार्यरत करारका एक कर्मचारीको दादागिरीले सीमा नाघेको छ ।

बारामा सञ्चालित सीटीईभिटी अन्तर्गतका प्रसौनी बहुप्राविधिक शिक्षालयमा करार सेवामा कार्यरत प्रशासकीय अधिकृत मुकेश कुमार साहको दादागिरीले सिमा नाघेको हो । कर्मचारी साहको दादागिरीले विद्यार्थी, अभिभावक तथा सेवाग्राहीहरु आजित भएपनि सम्बन्धित निकायको ध्यान भने त्यातातिर गएको देखिदैन ।

प्रशासकीय अधिकृत साहको दादागिरीको दर्जनौँ कर्तुतहरु सार्वजनिक भएपनि राजनीतिक संरक्षण र पहुँचको आधारमा उनी कसैलाई नटेर्ने गरेको गुनासो सीटीईभिटीको कर्मचारी वृत्तमा व्याप्त सुन्न पाइन्छ । सीटीईभिटीका कर्मचारीहरुका अनुसार साहले आफूभन्दा ठूला हाकिमलाई पनि टेर्ने गरेका छैनन् भने कनिष्ठ कर्मचारीहरुलाई हेप्ने गर्दछन् ।

परीक्षा सञ्चालन गर्न खट्दा पनि उनी परीक्षामा चिट चोरी गराइदिने भन्दै दर्जनौँ ठाउँमा पैसा उठाउने काम गर्ने गरेको स्वयंम् सीटीईभिटीमै व्यापक चर्चाको विषय बन्ने गर्छन भने त्यस विषयमा व्यापक जनगुनासो समेत आउने गरेको नाम उल्लेख नगर्ने सर्तमा एकजना कर्मचारीले बताए ।

जसको पछिल्लो उदाहरण हो, २०७८ मा जनकपुरमा सञ्चालित परीक्षा । त्यतिबेला एक परीक्षा केन्द्रमा विद्यार्थी तथा निजी कलेजहरुहरुसँग परीक्षामा चिट चोरीको वातावरण बनाईदिने भन्दै उनले पैसा माग गरेका थिए । तर विद्यार्थी र कलेज सञ्चालकहरुले पैसा दिन नमानेपछि जनकपुरको एक निजी कलेजको एक विषयको परीक्षामा सहभागी सबै विद्यार्थीको उत्तरपूस्तिका नै काटेर विद्यार्थीलाई फेल गराएका थिए ।

उक्त विषयमा छानविन गर्न परिषद् परीक्षा नियन्त्रण कार्यालयले एक छानविन समिति बनाएको थियो ।

छानविन समितिको प्रतिवेदन अनुसार साहले व्यक्तिगत लाभ तथा स्वार्थका कारण विद्यार्थीहरुको भविष्यसँग खेलवाड गरेकोले निजलाई अब उपरान्त परीक्षा सम्बन्धी कूनै पनि जिम्मेवारी निदिने निर्णय भएको थियो । त्यस पश्चात पनि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी रौतहटमा उनलाई परीक्षाको जिम्मेवारीमै कायम राखियो ।

स्रोतका अनुसार त्यस शिक्षालयमा पनि परीक्षामा पैसा दिने विद्यार्थीलाई परीक्षामा चिट चोरीको वातावरण बनाईदिने र पैसा नदिने विद्यार्थीलाई उनले उत्तरपूस्तिका काटी नियतवश फेल गराउने कार्य गरिरहे । पछि त्यस सम्बन्धी पनि अनुसन्धान गर्न एउटा छानविन समिति बन्यो र छानविनको प्रतिवेदन अनुसार निजलाई प्रमूख जिम्मेवारी लगायत परीक्षाको कूनै पनि जिम्मेवारीमा नराख्ने र सेवा करार छनौट कार्यविधि, २०७८ अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

तर राजनीतिक पहुँच र संरक्षणको आडमा उनी कारवाही हुनबाट बचे । पछि साहलाई परीक्षाको जिम्मेवारी नदिने निर्णय गर्दै कारवाही भएन । तर साह अझै पनि प्रसौनी बहुप्राविधिक शिक्षालयमा परीक्षा सम्बन्धी कामकाज गर्दै आएका छन् ।

साह सेवा करारमा स्कुल अफ हेल्थ साईन्स भरतपूर चितवनबाट सोर्सफोर्सको आधारमा जागिरमा प्रवेश गरी गौर नर्सिंग इन्स्टिच्युट, जय किसान बहुप्राविधिक शिक्षालय धरहरी रौतहट हुदै हाल प्रसौनी बहुप्राविधिक शिक्षालयमा प्रशासकीय अधिकृत पदमा कार्यरत छन् ।
वर्षौ स्थायी भई कामकाज गर्दा पनि बढुवा पाउन हम्मेहम्मे पर्ने कर्मचारीवृतमा राजनीति संरक्षण र शक्तिको आडमा करार सेवाका कर्मचारीले प्रशासकीय अधिकृत पड्काउन सफल भएका छन् । जसकारण इमान्दारीपूर्वक काम गर्ने परिषद्का कर्मचारीहरुमा निराशा पलाएको छ ।

साहले सामाजिक सञ्जाल मार्फत दिनरात पार्टीको प्रचारप्रसार गर्ने, नेताहरुसँग आफूले खिचेको फोटो राखी सामाजिक सञ्जालमा स्टेट्स लेख्ने, खुल्लेआम कर्मचारीको मर्यादा उल्लंघन गर्ने कार्यहरु गर्दै आएपनि सम्बन्धित निकाय मौन भएर बसेका छन् ।

सीटीईभिटी स्रोतका अनुसार उनको कुरामा सहमत नहुने माथिल्लो तहका कर्मचारीलाई नटेर्ने, कूनैपनि हाकिमको आदेश नमान्ने, शिक्षालय र निजी संस्थाहरुमा दादागिरी गर्ने गरेपनि सीटीईभिटी मौन छन् ।

सीटीईभिटी काँग्रेस निकट कर्मचारी संघका एक कर्मचारीका अनुसार शक्तिको आडमा साहले आफ्नो श्रीमती, ज्वाईँलगायत दर्जनौ नातागोता तथा आफ्न्तलाई गौर नर्सिंग इन्स्टिच्युट, जय किसान बहुप्राविधिक शिक्षालय तथा प्रसौनी बहुप्राविधिक शिक्षालयमा करारमा जागिर लगाउन सफल भएका छन् ।

स्रोतका अनुसार सीटीईभिटीमा पटक–पटक बदमासी तथा दादागिरी देखाए पनि सम्बन्धित निकायले कारवाही नगरेको कारण उनको दादागिरी तथा छाडापनले सीमा नाघेको, तालुक निकायबाट कार्यालयमा छड्के जाँदा पनि छड्केमा गएका अधिकार प्राप्त कर्मचारीलाई डराउने, धम्काउने तथा गुण्डा लगाउने कार्य समेत गर्ने गरे पनि सम्बन्धित निकाय मौन रहेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]