१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सिरहाको औरही विद्यालयमा तालाबन्दी, अध्यक्ष शिवजी यादवको बेवास्ता

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

चतुर यादव, २१ मंसिर । सिरहा जिल्लाको औरही गाउँपालिकामा रहेको श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीमा विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेको छ । औरही गाउँपालिकाको औरहीमा रहेको सो विद्यालयमा शिक्षकको अभावले एक वर्ष देखि विद्यार्थीहरुको पठन पाठनमा अबरोध भएपछि आफुहरुले ताल्चा लगाएको विद्यार्थीहरुले रेडियो गंगाजललाई जानकारी दिएका छन् । नजिकै एस.इ.इ.आउदै छ हाम्रो पठन पाठन निकै प्रभावित भएपनि पालिका र विद्यालय व्यवस्थापन समितिले चासो नदेखाएपछि आफुहरु ताल्चा लगाएको जानकारी दिएका छन् । विद्यार्थीहरुले विद्यार्थी माथि अत्याचार गर्न पाइँदैन, स्वास्थ्य विषयको शिक्षक व्यवस्था गर, सामाजिक बिषयको शिक्षक व्यवस्था गर, विद्यार्थीको माग पुरा गर, विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइँदैन, भन्दै बुधबार ताल्चा लगाएको हो ।
यसै विषयमा विद्यालयका प्र.अ.इन्द्रदेव यादव संग बुझ्दा औरही गाउँपालिकाले यसै विद्यालयमा करार सेवाका शिक्षकहरुलाई हटाएपछि यो अवस्था सृजना भएको बताएका छन् । पालिकाले शिक्षक त हटायो तर विद्यालयको पठन पाठनका लागि थप शिक्षक व्यवस्था गर्न नसकिएपछि विद्यार्थीहरु ताल्चा लगाएको र हामीले ताल्चा खोल्ने प्रयासमा लागेको बताएका छन् । यसै विषमा औरही गाउँपालिकको अध्यक्ष शिवजी यादव संग बुझ्न खोज्दा गैर जिम्मेवार रुपमा जवाफ फर्काएका छन् । हामी विद्यालयमा किन ताल्चा लगाएको प्रश्न गर्दा उहाँले भन्नुभयो, मलाई केहि थाह छैन् । त्यो कुरा विद्यालयका प्र.अ.लाई थाह हुनुपर्छ । प्र.अ.संगै कुरा गरेर थप विषय बुझ्नुहोस् । मेरो नम्बर भएपछि प्र.अ.को नम्बर पनि अवश्य हुनुपर्छ उहाँ संगै बुझ्नुस् भन्दै गैरजिम्मेवार रुपमा जवाफ फर्काएका छन्

गाउँपालिकाको अध्यक्ष र पालिकाको शिक्षा विकास समितिको अध्यक्ष समेत भएपछि यस प्रकारको जवाफले पालिकाका अध्यक्ष यादव शिक्षा प्रति चासो नराखेको देखिएको छ । पालिका अध्यक्ष र प्र.अ.को आपसी द्धन्द्धका कारण विद्यार्थीको भविष्य संगै खेलवाड भएको स्थानियहरु बताउछन् । नव निर्वाचित पदाधिकारीले विद्यालयमा करार सेवामा कार्यरत शिक्षक पुरुषोत्तम यादव, संतोषी कुमारी यादव र रिंकु कुमारी यादवलाई हटाएपनि अर्को व्यवस्था नभएपछि यो अवस्था सृजना भएको स्थानीय जानकारहरु बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]