२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

मतदाता समक्ष गरेको वाचा पूरा गराउन जनमत सरकारमा जान्छ : सिंह

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

मतदाता समक्ष गरेको वाचा पूरा गराउन जनमत सरकारमा जान्छ : सिं

धीरेन्द्रप्रसाद साह
जनकपुरधाम,२१ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २(क) बाट नवनिर्वाचित मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंहले मतदाता समक्ष गरेको प्रतिबद्धता पूरा गराउन सरकारमा सहभागीका लागि कुराकानी अगाडि बढेको बताउनुभएको छ ।

जनमत पार्टीको नीति निर्देशन, सुझाव र सल्लाहलाई आत्मसात गरेर सरकारमा सहभागी जनाउने संकेत पाइरहेको उहाँले बताउनुभयो । संघ र प्रदेश सरकारमा सहभागी जनाउन सत्ता गठबन्धन नेतृत्व दलसँग कुराकानी अगाडि बढेको उहाँले बताउनुभयो ।

उहाँले निर्वाचनताका रोजगारीको अवसर सिर्जना गरी बेरोजगारी समस्या समाधान गरिने, किसानलाई सर्वसुलभ मलखाद्य, विउविजन, सिंचाइ सुविधा उपलब्ध गराउने प्रमुख एजेन्डा अगाडि बढाएको बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुको साथै गरिव, विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधार निर्माणमा अग्रसर रहने समेत मतदाता समक्ष प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।

संघ र प्रदेश दुबै सरकारमा हामी सहभागी हुन्छौ, उहाँले भन्नुभयो, किनभने हामी मतदाताबीच गरेको वाचा सरकारमा गएर मात्र पूरा गर्न सक्छौ । सत्ताको लागि मात्र सरकारमा हामी जाने छैनौ, उहाँले थप्नुभयो, हाम्रो बटम लाइन नागरिकता र किसान आन्दोलनका मागहरू सरकारले समेटनुपर्छ ।

विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय भइ लाग्नुभएको सिंह स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राजपाबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा निर्वाचित भइ सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएको थियो ।

पछिल्लो स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनावमा उठ्दा पराजित हुनु भएको थियो । त्यसपछि प्रदेश सभा सदस्य निर्वाचनको केही महिनाअघि जनमत पार्टीमा प्रवेश गरेर सोही पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन भएको छ ।

जिम्मेवारीपूर्वक गाउँपालिकाको नेतृत्व सम्हालेको अनुभवी सिंह सालिन, भद्र स्वभावको रुपमा परिचित एवं लोकप्रिय हुनुहुन्छ । मधेश आन्दोलन तथा अधिकारका आन्दोलनमा अग्रनी भूमिका निर्वाह गरिसक्नु भएको उहाँ प्रदेश सरकारमा जिम्मेवारी भूमिकामा सहभागी हुन दाबी गरिरहनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]